सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

तक्षशिला महोत्सव सम्पन्न

शनिवार, फागुन ३०, २०८२

बिर्तामोड, ३० फागुन : तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कूल बिर्तामोडले नवप्रवर्तन, शैक्षिक उपलब्धि तथा विश्वस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई उजागर गर्दै ‘तक्षशिला महोत्सव ३.०’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या ८०० नाघेको ऐतिहासिक अवसरमा महोत्सव आयोजना गरिएको हो ।

विद्यालयका अनुसार महोत्सवले समग्र तथा भविष्यकेन्द्रित शिक्षामा आफूलाई अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रयासलाई थप मजबुत बनाएको छ । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल, उपहार वितरण तथा विविध शैक्षिक गतिविधिहरू सञ्चालन गरिएका थिए ।


महोत्सवका प्रमुख अतिथिका रूपमा तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कूलका अध्यक्ष दुर्गा प्रसाई तथा विशेष अतिथिका रूपमा बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिका मेडिकल डाइरेक्टर प्रा.डा. बलभद्र प्रसाद दास सहभागी भएका थिए । कार्यक्रममा अन्य विशिष्ट अतिथिहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

महोत्सवका क्रममा विद्यालयको शैक्षिक यात्रासँग सम्बन्धित तीन महत्वपूर्ण उपलब्धिहरूको विशेष उद्घाटन गरिएको थियो । यसअन्तर्गत इन्टरनेशनल ब्याकलोरियट (आइबि ) क्यान्डिडेसी कार्यक्रम सुरु गरिएको छ, जसको नेतृत्व आइबि पीवाइपी कोअर्डिनेटर डेनिस बी. रोजारियोले गरेका छन् । साथै, ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ कार्यक्रम माइकल सामातारायको मार्गदर्शनमा सुरु गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा इन्टरनेशनल एजुकेशन ओलम्पियाड (आइइओ) परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने क्षेत्रीय तथा कक्षा स्तरका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

महोत्सवको प्रमुख आकर्षणका रूपमा रोबोटमार्फत अतिथिहरूलाई खादा अर्पण, ड्रोनमार्फत पुष्पवृष्टि तथा रोबोटद्वारा जुस सेवा प्रदान गरिएको थियो । यी गतिविधिहरू विद्यालयका विद्यार्थी तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टोलीको सहकार्यमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

सो अवसरमा विद्यालयले प्राप्त गरेको ‘वल्र्ड स्कूल समिट (डब्लुएसएस ) अवार्ड’ पनि औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । अध्यक्ष प्रसाईले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै सबैलाई शैक्षिक उत्कृष्टताको दिशामा अघि बढ्न प्रेरित गरेका थिए ।

कार्यक्रममा आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले ‘इन्फिनिटी मिरर’ र ‘रेन डिटेक्सन सिस्टम’ जस्ता परियोजनाहरू प्रस्तुत गरेका थिए । त्यस्तै, ३ डीआई टेक्नोलोजी प्रदर्शन अन्तर्गत थ्रीडी प्रिन्टिङ, ३६० डिग्री क्यामेरा तथा ड्रोन जस्ता अत्याधुनिक प्रविधिहरू पनि प्रदर्शन गरिएको थियो ।


विद्यालयका एकेडेमिक डाइरेक्टर डा. विक्टर इग्नाटियस जोसेफको नेतृत्वमा संस्थाले सफल नेतृत्वको तीन वर्ष पूरा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र नवप्रवर्तनमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

महोत्सवको अघिल्लो दिन आयोजित वार्षिक खेलकुद कार्यक्रम पनि विद्यालयका विद्यार्थीहरूको प्रतिभा र ऊर्जालाई उजागर गर्ने उत्सवका रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ । तक्षशिला महोत्सव ३.० ले विद्यालयको समग्र विकास तथा सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने लक्ष्यलाई थप सुदृढ बनाएको विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ ।

सम्बन्धित खबर