Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
छिमेकी देशमाथि आक्रमण नगर्न इरानलाई हमासको आग्रह
आइतवार, चैत १, २०८२
एजेन्सी, १ चैत । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ ।
हमासले एक वक्तव्य जारी गर्दै छिमेकी देशहरूमाथि आक्रमण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । हमासले इरानलाई अमेरिका–इजरायलको आक्रमणको जवाफ दिने अधिकार भने रहेको बताएको छ । हमासले इरानी नीतिहरूमा सार्वजनिक रूपमा टिप्पणी गरेको यो पहिलो पटक हो ।
हमासले मध्यपूर्व युद्धमा इरानसँग ऐक्यबद्धता व्यक्त गरेको छ । तर अहिलेसम्म इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छैन । त्यस्तै, लडाकु समूह हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई युद्ध रोक्न पनि आह्वान गरेको छ । गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेका थिए । त्यसयता इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै आक्रमण गरिरहेको छ ।
मध्यपूर्वमा युद्ध शुरू भएको दुई हप्ता बितिसकेको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक संकट भने गहिरिँदै गएको हो ।