Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
शिवालय आर.एस जेभीले फिर्ता पठायो कमसल ईटा
सोमवार, असोज ८, २०८०
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा प्रयोग भएको कमसल इटा उद्योगमै फिर्ता पठाइएको छ ।
असोज ३गते नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर ईटा प्रयोग भएको फेला परेको थियो।
नगर प्रमुख प्रसाईले कमसल इटा प्रयोग गरि बनाईएको वाल तत्काल भत्काउन र ईटा फिर्ता पठाउन निर्देशन दिनु भएको थियो । सोहिअनुरुप वाल त्यसैदिन भत्काईएको र शनिबार र आइतबार गरि ७ ट्याक्टर ईटा नमुना ईटा उद्योग हल्दिबारी १मा फिर्ता पठाईएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिनुभयो ।कमसल ईटा प्रयोग भएको पाईएपछि वडा नम्बर ३ का वडा सदस्य हरि बांस्कोटाको नेतृत्वमा १५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ ।
जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरु रहेको यस समितिले कडाईको साथ विहान बेलुकी अनुगमन गरिरहेको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले बताउनु भयो ।
५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा शिवालय आर.एस जेभीले विल्डिङ्ग ठेका लिएर निर्माण गरिरहेको छ।