Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण
आइतवार, चैत ८, २०८२
तेहरान,८ चैत: संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेको बताइएको छ । विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनमा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
उपलब्ध विवरणअनुसार, आक्रमण गरिएका संरचनामध्ये २० हजार भन्दा बढी तेहरान मा रहेका छन् भने ६० हजार भन्दा बढी अन्य स्थानमा छन् । करिब १८ हजार ७९० व्यापारिक स्थलमा आक्रमण भएको, २६६ स्वास्थ्य संस्था प्रभावित भएको र ४९८ विद्यालय निशानामा परेको जनाइएको छ ।
आक्रमणका कारण १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको र ९० भन्दा बढी घाइते भएका छन्। साथै, बालबालिका र २३१ महिलासहित सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार युद्धमा कुल मृतक सङ्ख्या एक हजार ५०० भन्दा बढी पुगेको अनुमान गरिएको छ ।
गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान लगायत इरानका विभिन्न शहरहरूमा आक्रमण सुरु गरेका थिए, जसमा इरानका पूर्व सर्वोच्च नेता अली खामेनेई सहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको बताइएको छ । त्यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ ।