Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सभामुख घिमिरेद्वारा बिरिङ नदिको पुल अवलोकन, निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी
मङ्गलवार, असोज ९, २०८०
अर्जुनधारा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डमा पर्ने बिरिङ नदिको बाढीले भत्किएको पुलको स्थलगत अवलोकन गर्नुभएको छ । सोमबार गृह जिल्ला आईपुग्नुभएका घिमिरेले आज (मंगलबार) आफ्नो निर्वाचन क्षेत्र झापा २ अन्तर्गत पर्ने बिरिङ पुलको अवलोकन गर्नुभएको हो ।पुल अवलोकनको क्रममा उहाँले यहां नयाँ पुल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । केही समय अघि आएको बाढीले बिरिङ खोलाको पुल भांचिएको थियो । उक्त पुल भारतीय राजदुतावासको सहयोगमा २०६४ सालमा निर्माण भएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । सुभामुख घिमिरेसंगै नगरप्रमुख गोम्देन पनि पुल अवलोकनकालागि पुग्नुभएको थियो ।
विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनकालागि झापा आइपुग्नुभएका सभामुख घिमिरेले आजै आफु निर्वाचित भएको झापा क्षेत्र नम्बर २ का विभिन्न अधुरा विकासका योजना र नयाँ निर्माण हुने योजनाहरुको अवलोकन गुर्नभएको थियो ।