Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड नगर अस्पताललाई फलामको बेन्च सहयोग
बिहिवार, असोज ११, २०८०
झापा ।बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले नगर अस्पताललाई फलामको बेन्च सहयोग गर्नु भएको छ ।
तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा ४ वटा बेन्च प्रदान गर्नु भएको हो । उहांले ४० हजार रुपैयांको लागतमा निर्माण गरिएको बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई हस्तान्तरण गर्नु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेन्च सहयोग गरेको बताउनु भयो । सामाग्री ग्रहण गर्दै नगर उप प्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उहांकी धर्मपत्नी टिकादेवी तिम्सिनालाई धन्यवाद दिंदै सु- स्वास्थ्य दिर्घायुको कामना गर्नु भयो ।फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि सहज भएको छ । बिर्तामोड नगरअस्पतालमा दैनिक वालरोज्ञ विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य बिमा लगायतका सेवा उपलव्ध छन् ।