काठमाडौं, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल आज राति १० बजे असन पुगेर सेतो मछिन्द्रनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ। राष्ट्राध्यक्षको हैसियतमा उहाँ रथयात्रास्थल पुग्ने तय भएको हो।
चैत्र शुक्ल अष्टमीदेखि सुरु भएको सेतो मछिन्द्रनाथ रथयात्रा आज पहिलो दिन जमलको तीनधाराबाट तानेर असन पुर्याइँदैछ। परम्पराअनुसार दोस्रो दिन रथ असनबाट हनुमानढोका क्षेत्रमा रहेको काल भैरवसम्म, तेस्रो दिन त्यहाँबाट लगनटोल, र चौथो दिन लगनमा रथ घुमाइने चलन छ।
पाँचौं दिन मछिन्द्रनाथको मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छिन्द्रबहालसम्म यात्रा गराइन्छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मछिन्द्रनाथको दर्शन गरे सुख–शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उन्नति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।



