Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा सप्ताहव्यापी निशुल्क रेविज खोप कार्यक्रम सुरु
शुक्रवार, असोज १२, २०८०
झापा । बिर्तामोड नगरपालिकाले निशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेविज दिवशको अवसर पारेर नगरपालिकाले आज (शुक्रबार) देखि सप्ताहव्यापी रेविज विरुद्वको खोप कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गर्नु भयो । वडा नम्बर १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बाँस्तोलाले नगरका पशुपंछि तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको हो । नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई एक साताभरी रेविज विरुद्वको खोप लगाइने छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले वडा वडामा आएको यो सेवाबाट लाभ लिन सबैलाई आग्रह गर्नु भयो ।
बिर्तामोड नगरपालिकाले वर्ष भरिनै रेविज खोप निशुल्क गरेको छ । अन्य समयमा पनि बिर्तामोडको पशुपंछि तथा मत्स्य विकास शाखामा कुकुर बिरालोलाई ल्याएर निशुल्क लगाउने व्यवस्था रहेको अधिकृत राजेश अधिकारीले जानकारी दिनु भयो ।कार्यक्रममा वडा नम्बर १०का वडा सदस्य पृथ्वीबहादुर बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो ।खोप उद्घाटन कार्यक्रममा सैनिक बजार चौकीका प्रहरी सहायक निरीक्षक बिक्रम बहादुर चौधरी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।