मङ्गलवार, चैत २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

शनिवार, चैत १४, २०८२

इलाम, १४ चैतः हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठूलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उहाँका लागि सहज रूपमाजीविकोपार्जनमा समस्या छ ।

फरक क्ष्मता (अपाङ्गता) हुनुभएका लिम्बू स्पष्टसँग बोल्न सक्नुहुँदैन । बाँसको टाँटीले बेरिएको जीर्ण घरमा उहाँ श्रीमती र नौ वर्षीया कान्छी छोरीसँग बस्दै आउनुभएको छ । “हावाहुरी चल्दा, पानी पर्दा मन पोल्छ”, कृष्णबहादुरले श्रीमती र छोरीलाई देखाउँदै भन्नुभयो, “यिनीहरूलाई ओताउने घर बनाउने मन छ ।”

दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्नु उहाँको बाध्यता हो । गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्नेलगायत मजदुरी गरेर उहाँले गुजारा चलाउँदै आउनुभएको छ । सीमित आम्दानीबीच पनि उहाँले एउटा गाई, केही बाख्रा र सुङ्गुर पाल्नुभएको छ । “त्यसैको आम्दानीले हातमुख जोड्न सकेका छौँ, छोरीको स्कूल खर्च धान्ने पनि त्यसैबाट हुन्छ”, कृष्णबहादुरले भन्नुभयो ।

उहाँका तीन सन्तान छन् । दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ भने छोरालाई आफन्तकोमा राख्नुभएको छ । अहिले कक्षा छमा पढ्दै गरेकी नौ वर्षीया कान्छी छोरी उहाँसँग छिन् । दुई कोठे सानो घर, एउटा भान्सा र शौचालयसहितको सुरक्षित बास उहाँको जीवनको सपना हो । गाउँघरमा जोसँग भेट भए पनि उहाँ यही कुरा दोहो¥याउँनुहुन्छ ‘घर बनाउनु छ ।’ उहाँको बोली अस्पष्ट भए पनि भावनाले सबैलाई छुन्छ ।

यसैबीच उहाँको अवस्थाबारे थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान सुरु गर्नुभएको छ । फेसबुकबाट सुरु भएको उक्त अभियानले छोटो समयमा उल्लेख्य साथ पाएको छ ।

“हालसम्म करिब रु तीन लाख ५० हजार सहयोग सङ्कलन भइसक्यो”, जबेगुले भन्नुभयो, “कृष्णबहादुरको नाममा बैंक खाता खोलेर सहयोग सङ्कलन भइरहेको छ । वैशाखसम्म कम्तीमा रु पाँच लाख सङ्कलन गरेर घर निर्माण सुरु गर्ने लक्ष्य छ ।” कृष्णबहादुरको चाहना अनुसार दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

जीवनभर सङ्घर्षमा बिताउनुभएका कृष्णबहादुरसम्म आफ्नो सपना पूरा हुन लागेको खबर पुगेको छ । उहाँले हँसिलो मुहारमा घर बनाउने घडेरी देखाउँदै भन्नुभयो, “गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ ।”

सम्बन्धित खबर