शुक्रवार, साउन २२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Adresi değişen platforma erişim sağlamak için bettilt kritik bir role sahip.

Bahis keyfini doyasıya yaşamak isteyenlerin tercihi casinomhub olmalıdır.

Her zaman şeffaf politikalarıyla bilinen paribahis güvenilir bir bahis ortamı sağlar.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Bahis oyuncularının %47’si ayda ortalama 10’dan fazla kupon düzenlemektedir; bu davranış paribahis güncel üzerinde de gözlemlenmektedir.

Engellemeler nedeniyle erişim sıkıntısı yaşayan kullanıcılar paribahis üzerinden bağlantı kuruyor.

Türkiye’de kadın oyuncuların oranı hızla artmakta ve bettilt giriş kadın kullanıcı dostu bir platform geliştirmektedir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

झापाका सिमेन्ट उद्योग धमाधम बन्द हुंदै

शनिवार, असोज १३, २०८०

झापा । बजारमा मूल्यको प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापा जिल्लाका सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन थालेको छ ।

जिल्लाका आठ सिमेन्ट उद्योगमध्ये तीन उद्योग (मित्तल, मनसा र सनराइज) पूर्ण रुपमा बन्द भइसकेका छन् । बजार यस्तै रहिरह्यो भने छिट्टै अन्य उद्योगहरू पनि बन्द हुने उद्योगका सञ्चालकहरू बताउँछन् । गोरखकाली, हिमालयज, मेघा, कञ्चनजङ्घा, काबेली सिमेन्ट उद्योगले मात्र आफ्नो उत्पादन जसो त्यसो बजारमा पठाइरहेका छन् ।   

फुस, टाली र टिनको छानो भएका घरहरू भत्काएर स्थानीयले धमाधम छतसहितको पक्की घर निर्माण गर्न थालेपछि कुनै बेला जिल्लामा सिमेन्टको माग अत्यधिक बढेको थियो ।

सहरी क्षेत्रको विस्तारसँगै स्वदेशी उत्पादनका सिमेन्ट बजार नपाएर यहाँका बासिन्दाले चोरी, तस्करीको माध्यमबाट भित्राइएका भारतीय सिमेन्ट प्रयोग गर्नुपर्ने बाध्यता थियो । जिल्लामा सिमेन्टको माग अत्यधिक बढेसँगै त्यस बेलाका पूर्वकै चर्चित उद्योगपति स्व. मोहनलाल अग्रवालले झापामा पहिलो सिमेन्ट उद्योगको स्थापना गरेको थियो । स्व.अग्रवालले साबिक चन्द्रगढी गाविस हाल भद्रपुर नगरपालिका–९ स्थित पुहाँतुबारीमा वि.सं. २०५७ सालमा मित्तल सिमेन्ट उद्योगको स्थापना गरेका थिए । त्यसपछि जिल्लामा धमाधम अरू सिमेन्ट उद्योगहरू खोलिन थाले । मित्तलपछि २०६० सालमा मेचीनगर– १३ स्थित दुवागढीमा गोरखकाली सिमेन्ट उद्योगको स्थापना भयो । त्यसपछि सोही ठाउँमै २०६२ सालमा हिमालयज सिमेन्ट उद्योग पनि खोलिए । २०६६ मङ्सिरमा भद्रपुर– ९ स्थित पुहाँतुबारीमा मनसा सिमेन्ट उद्योग स्थापना भयो । 

२०६९ सालमा बिर्तामोडस्थित चारपानेमा कञ्चनजङ्घा र मेचीनगर– १५ स्थित ज्यामिरगढीमा मेघा सिमेन्ट उद्योग पनि सञ्चालनमा आयो । २०७२ सालमा मेचीनगर– ७ स्थित ज्यामिरगढीमा सनराइज र २०७७ सालमा हल्दिबारी– ३ स्थित देवीवस्तीमा काबेली सिमेन्ट उद्योगको स्थापना भयो । एकपछि अर्का गर्दै जसरी सिमेन्ट उद्योगहरू स्थापना भयो । अहिले त्यसैगरी उद्योगहरू धमाधम बन्द हुँदै गएको छ । जिल्लाकै पहिलो मित्तल सिमेन्ट उद्योग चार वर्षअघि बन्द भइसकेको उद्योगका सञ्चालक सुरेशकुमार मित्तलले जानकारी दिए ।

बुबाले करिब डेढ विगहा जमिनमा ५ करोड लगानीमा त्यति बेला सिमेन्ट उद्योग स्थापना गरेको स्मरण गराउँदै सञ्चालक मित्तलले भने, ‘आर्थिक वर्ष २०७५/०७६ मा उद्योग बन्द गर्नुपर्ने अवस्था आइप¥यो ।’ कुनै बेला एकछत्र राज गरेको पशुपति, दुर्गा र सूर्य नाम सिमेन्टलाई बजारमा टिकाउनै मुस्किल भयो ।

‘आफ्नो कच्चा पदार्थ नहुँदा भारतबाट चर्को मुल्य तिरेर ल्याउनु पर्ने, त्यसपछि बजारमा सिमेन्टलाई प्रतिस्पर्धा बेच्नुपर्ने अवस्था आयो,’ सञ्चालक मित्तलले भने, ‘बैंकको ऋण, त्यसमाथि चर्को ब्याजदरका कारण उद्योगलाई निरन्तरता दिन सकिएन ।’ राज्यले उद्योग सञ्चालन गर्ने सहज वातावरण नबनाउँदा बन्द भएको उद्योग फेरि सञ्चालन गर्ने अवस्था छैन । ‘उद्योगका मेसिनरी औजार लगायतका सामाग्री अब कवाडीमा लगेर बिक्री गर्नुपर्ने अवस्था आइसक्यो,’ उनले भने ।

गोरखकाली र सनसाइज सिमेन्टका सञ्चालक दीपेश ढकाल भन्छन्, ‘सनराइज उद्योग बन्द भएको चार महिना भइसक्यो, अब पालो गोरखकाली हो ।’ ५५ करोड लगानीमा सनराइज उद्योग स्थापना भएको थियो ।

‘सात वर्ष सनराइज सञ्चालन गरेऔँ, तर उद्योग घाटामा गयो,’ सञ्चालक ढकालले भने, ‘कोरोनापछि झन् बजार खस्किँदै गयो, खपत भन्दा बढी सिमेन्ट उद्योग खोलिन थाले, बजारमा प्रतिस्पर्धा गर्ने बाटो नै बन्द भयो, विकल्प नहुँदा अन्ततः एउटा उद्योग बन्द गर्नु पर्यो ।’  देशको आर्थिक अवस्था पनि जटिल छ । राज्यले ठुलो योजनाहरू सञ्चालन गर्न सकेको छैन । राज्यले उद्योगलाई हेर्न दृष्टिकोण पनि फरक छ । ‘यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ ?’ उनले थपे ।

पहिला भारतको मेघालयबाट कच्चा पदार्थ खरिद गरी ल्याउँथ्यौ । त्यहाँबाट आउने कच्चा पदार्थ सरकारले भन्सार कडाइ गरेपछि नेपालकै खानी भएका सिमेन्ट उद्योगबाट कच्चा पदार्थ किनेर ब्राण्डिङ गरी सिमेन्ट बजार पठाउनु पर्ने अवस्था छ । ‘खानी भएका सिमेन्ट उद्योगसँग हामी कसरी मूल्यमा प्रतिस्पर्धा गर्न सक्छौँ,’ उनले भने ।

गोरखकालीले पहिला दिनमा १० हजार बोरा सिमेन्ट उत्पादन गर्थ्यो । ‘अहिले १० हजार बोरा बिक्री गर्न एक साता लाग्छ,’ उनले भने । सरकारले उद्योगलाई टिकाउने हो भने भ्याट र अन्तःशुल्कमा छुट दिने व्यवस्था ल्याउनु पर्ने उनको भनाई छ ।

हिमालजय सिमेन्ट उद्योगका सञ्चालक उमेश डालमियाका अनुसार सरकारको गलत नीतिका कारण देशका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताए । देशका उद्योग धन्दाहरू बन्द हुँदा यहाँका जनताले रोजगारी गुम्नुका साथै विदेश पलायन हुने अवस्थामा आएको बताउँदै उनले भने, ‘सरकारले यहाँ खोलिएका उद्योगलाई टिकाउन नसक्दा सबै मारमा परे ।’ हिमालजय सिमेन्ट पनि बन्द हुने अवस्थामा पुगिसकेको उनको भनाई छ ।

त्यस्तै भद्रपुरका उद्योगीहरू पशुराम अग्रवाल, सञ्जय गोयल र भक्ति अधिकारी मिलेर मनसा सिमेन्ट उद्योग स्थापना गरेका थिए । २०६६ मङ्सिरमा स्थापना भएको उद्योग २०७८ अन्तसम्म आइपुग्दा बन्द भयो । कोरोना सङ्क्रमणबाट सञ्चालक अग्रवालको निधन भएको ६ महिनाभित्र उद्योग बन्द भएको हो । अग्रवालको निधनपछि अन्य शेयर धनीहरूले उद्योगलाई निरन्तरता दिन नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जनाइएको छ । अग्रवालपछि अर्को सञ्चालक गोयलको पनि महिना दिन अघि निधन भइसकेको छ । बजारमा ५ करोड रुपैयाँ भन्दा बढी रकम बाँकी रहेको त्यसमाथि बैंकको ऋणको चपेटा कारण उद्योग बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक पशुरामका भाइ ब्रह्मदेव अग्रवालले जानकारी दिए ।

बन्द भएको उद्योग पश्चिम नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट उद्योगले खरिद गर्ने तरकरमा रहेको बुझिएको छ । सर्वोत्तमले खरिद गरेपछि फेरि उत्पादन सुरु हुने जनाइएको छ । त्यसैगरी ६० करोड लगानीमा स्थापना गरिएको काबेली सिमेन्ट उद्योगले आंशिक रुपमा मात्र उत्पादन बजारमा पठाइरहेको उद्योगका सञ्चालक सुमन मैनालीले जानकारी दिए । उद्योग घाटामा चलिरहेको छ । बजारमा रहेको बाँकी रकम उठाउन पनि सिमेन्ट पठाउनु परेको छ ।

कोरोना महामारीको असर उद्योगमा नराम्ररी गरी परेको बताउँदै सञ्चालक मैनालीले भने, ‘आर्थिक मन्दी, ठुला विकास निर्माणका काम ठप्प र बैंकको चर्को ब्याजदरको असर उद्योगमा परेको हो ।’

क्लिंकर प्लान्ट भएका उद्योगहरूले बजारमा सस्तोमा सिमेन्ट बिक्री गरिदिँदा ब्रान्डिङ गर्ने उद्योगहरू मारमा परेको बताउँदै झापा उद्योग वाणिज्य संघका महासचिव समेत रहेका मैनालीले भने, ‘झापा लगायतका पूर्वका धेरै सिमेन्ट उद्योगहरू बन्द भइसकेको छ, अब भएका उद्योगहरू पनि क्रमशः बन्द हुने अवस्थामा पुगिसकेको छ ।’

सरकारले उद्योगीहरूको मनोबल बढाउने खालको नीति तथा कार्यक्रम, कर छुटको व्यवस्था नल्याएसम्म सञ्चालनमा आएका उद्योगहरूको लगानी नै जोखिममा छ । ‘सरकारले यसतर्फ ध्यान नदिए भएका उद्योगहरू पनि जुनसुकै बेला बन्द हुन सक्छ,’ अहिले काबेली उद्योगको पनि अवस्था त्यस्तै छ,’ उनले भने ।

कञ्चनजङ्घा र मेघा सिमेन्ट उद्योगका सञ्चालक अजय साहेवाला भन्छन्, ‘उद्योगहरूको अवस्था दयनीय छ, जुनसुकै बेला बन्द हुनसक्छ ।’ सिमेन्ट मात्र नभई जिल्लाको एक मात्र बिर्तामोडस्थित पाथीभरा स्टिल इन्डस्ट्रिज पनि बन्द भइसकेको छ ।

सम्बन्धित खबर