बिहिवार, चैत १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सहकारी दिवसमा सक्रिय सहभागिता जनाउन बिर्तामोड समन्वय समितिको अपिल ‌

बुधवार, चैत १८, २०८२

झापा, १८ चैत : बिर्तामोड नगरपालिका पालिका सहकारी समन्वय समितिले ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउन नगर क्षेत्रभित्रका सबै सहकारी संस्था र सहकारीकर्मीलाई आह्वान गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले झापा जिल्ला सहकारी सङ्घको आयोजनामा हुने उत्प्रेरणात्मक कार्यक्रम तथा दिवसको पूर्वसन्ध्यामा हुने दीप प्रज्वलन कार्यक्रममा उल्लेख्य सहभागिता सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक सुब्रत न्यौपानेले राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा झापाका विभिन्न स्थानमा दीप प्रज्वलन कार्यक्रम राखिएको जानकारी दिँदै बिर्तामोड क्षेत्रका सहकारीकर्मीलाई चैत १९ गते मुक्तिचोकमा भेला हुन अनुरोध गरिएको बताए ।

झापा जिल्ला सहकारी सङ्घको आयोजनामा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना हुँदैछ । राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय स्तरका सहजकर्ता सौनक भट्टले सहकारीकर्मीलाई उत्प्रेरणात्मक प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

‘उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने मूल नारासहित यस वर्षको सहकारी दिवस मनाउन लागिएको पालिका समन्वय समितिका संयोजक न्यौपानेले बताए ।
दिवसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेमकुमार कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
बैठकका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका सदस्य एवम् पालिका इन्चार्ज युवराज गौतमले कार्यक्रमको तयारी तथा व्यवस्थापन अन्तिम चरणमा पुगेको बताए । दिवसको अवसरमा जिल्ला सहकारी सङ्घले उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्नुका साथै सहकारी स्मारिकासमेत विमोचन गर्ने तयारी गरेको छ ।
बैठकले समन्वय समितिको वार्षिक कार्ययोजना तयार गर्न समितिका सचिव किशोर भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्ययोजना निर्माण उपसमिति गठन गरेको छ ।

उपसमितिमा युवराज पाण्डे र भीमकुमारी लिङ्देन सदस्य रहेका छन् । उपसमितिले चैत महिनाभित्र कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, बैठकले कर्जा असुली प्रक्रियामा आवश्यक समन्वय र सहजीकरणका लागि नगरपालिकासँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

समन्वय समितिका सचिव भट्टराईका अनुसार सहकारी क्षेत्रका साझा समस्यामा स्थानीय तहसँग सहकार्य बढाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकले पालिका सहकारी समन्वय समिति निर्माण प्रक्रियामा भूमिका खेलेको भन्दै झापा जिल्ला सहकारी सङ्घप्रति धन्यवाद व्यक्त गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित खबर