मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापाको भूमि समस्या समाधान गर्न सभामुख देवराज घिमिरेको पहल, भूमि व्यस्था मन्त्रीसंग छलफल

सोमवार, असोज १५, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले झापाका विभिन्न भूमि समस्या समाधान गर्न पहल सुरु गर्नुभएको छ ।

एक साताअघि झापा भ्रमणमा स्थानीयले राखेका माग सम्बोधन गर्ने विषयमा छलफल गर्न सभामुख घिमिरेले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई आफ्नै कार्यकक्षमा बोलाउनुभएको थियो ।
भेटमा सभामुखका चासो सम्बोधन गर्न आवश्यक कदम चाल्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले बिर्तामोड– ८ स्थित गरामुनी बजारमा विगत ६२ वर्षदेखि बसोवास गर्दै आएका २८ घरधुरीको धनीपुर्जा प्राप्त भए पनि हालसम्म मोठ कायम नभएकाले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग आवश्यक छलफल गरि समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘मन्त्रालय स्तरबाट गर्न सक्ने भए गर्ने अन्यथा मन्त्रिपरिषदमा विषय लगेर भए पनि तत्काल समस्या समाधान गर्छु,’ उहाँले भन्नुभयो ।
सभामुखसँगको छलफलपछि मन्त्री श्रेष्ठले देशैभरीका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा दिँदा तिर्नुपर्ने राजस्व घटाउनका लागि मन्त्रालयले आवश्यक तयारी गरेको जानकारी दिनुभयो । उहाँले ​वन ऐन र भूमि सम्वन्धी ऐनबीच बाझिएका विषयलाई सच्याउन वन तथा वातावरण मन्त्रालयसँग छलफल सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो। 
सभामुख घिमिरेले अर्जुनधारा तथा कन्काइ नगरपालिकाभित्र २०२१ सालको नापीमा खोला भएको ठाउँमा बस्ती बसेको र खोलाचाहिँ निजी जग्गामा रहेकाले उनीहरुलाई धनीपुर्जा दिन आवश्यक नीति बनाउन आग्रह गर्नुभएको थियो ।
अर्जुनधारा नगरपालिका वडा नं १ को खारभित्ता क्षेत्रमा ६० वर्षदेखि बसिरहेका करिव ३ सय स्थानीयलाई घर खाली गर्न पत्राचार गरेपछि उत्पन्न समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो । जवाफमा मन्त्री श्रेष्ठले खारभित्ता क्षेत्रको समस्या समाधानका लागि रक्षा मन्त्रालयसँग समेत समन्वय गरेर आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री श्रेष्ठले तीन वर्ष देखि रेलवे परियोजनाका नाममा जग्गा रोक्का गरेका जग्गाधनीको समस्याबारे आफू जानकार रहेको बताउँदै समाधान गर्न भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा आवश्यक गृहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित खबर