Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउत पुन: निर्वाचित
सोमवार, चैत २३, २०८२
विराटनगर, २३ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा नवीन रिजाललाई पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो।
विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट कार्यसमितिमा उहाँको प्यानलै आएको छ । अध्यक्षका प्रतिष्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गगर्नुभएको हो ।
राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजाल ५८ मतमा सीमित हुनुभयो । तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राउतले वस्तुगततर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाउनुभयो ।
त्यसैगरी जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई १३ मत मात्रै आयो। एसोसिएट्सतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३९ मतमा सीमित हुनुभयो ।
महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको थियो । अध्यक्षका लागि मात्रै निर्वाचन भएको हो ।
जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध हुनुभएको छ । निर्विरोध भएका सबै पदाधिकारी राउत समूहका हुन् ।
एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला-नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित हुनुभएको छ । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी हुनुभएको छ ।
महासंघ कोशीमा जिल्ला-नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ जना मतदाता थिए । महासंघको नेतृत्व चयनका लागि २०५ जनाले मतदान गरेका हुन् ।