Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
सोमवार, चैत २३, २०८२
काठमाडौँ, २३ चैत ।राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेकपा (एमाले) का नेत्री झाँकीले गत भदौ २३ र २४ को को जेनजी आन्दोलन शान्तिपूर्ण थियो भन्ने नाममा ऐतिहासिक संरचनाहरू जलाइनुको उत्तर कसले खोज्ने भन्ने प्रश्न सृजना भएको टिप्पणी गर्नुभयो ।
सो सभामा निर्वाचित भएपछि सभामा पहिलो पटक बोल्दै उहाँले युवालाई कसले प्रयोग गरे भन्ने निष्पक्ष छानबिन हुनुपर्ने र राज्यलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विगतमा सबै ठीक थियो वा सबै गलत थियो भन्ने भाष्य पनि सही नभएको उल्लेख गर्दै समाजको विकासक्रमसँगै भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्ने पनि बताउनुभयो ।
उहाँले नवयुवालाई लोकतान्त्रिक शासनकालमा भएका प्रयासबारे बुझाउँदै कमजोरीलाई सुधार्ने काममा कमजोरी भएको बताउनुभयो ।