Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
केपी ओली र लेखकलाई पक्राउ गर्नु गैरकानुनी: वरिष्ठ अधिवक्ता खरेल
सोमवार, चैत २३, २०८२
काठमाडौँ, २३ चैत । वरिष्ठ अधिवक्ता अग्नि खरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने कार्य गैरकानुनी भएको दाबी गर्नुभएको छ ।
चैत २३ गते साेमबार केपी ओली र लेखकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता खरेलले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारले चयनमुखी रूपमा दुई जनालाई पक्राउ गरेको बताउनुएको हो । बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
‘जाहेरीकै आधार र कारण देखाएर पक्राउ गरिएको भए अहिलेको प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको विषयमा समेतको नाममा पनि जाहेरी परेर तामेली भएको र पछि जगाउने काम भएको छ,’ वरिष्ठ अधिवक्ता खरेलले भन्नुभयो‘जाहेरीमा भएको नाममध्ये दुई जनालाई मात्रै किन पक्राउ गरियो ? जाहेरीकै आधारलाई मानेको हो भने अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीलाई भदौ २३ र २४ को घटनामा पक्राउ किन गरिएन ?’
बहसमा खरेललाई रोक्दै न्यायाधीश विनोद शर्माले भने यहाँ त जाहेरी मध्ये दुई जनालाई मात्रै कारबाही गरी पाउ भनेको छ त ? भन्दै प्रतिप्रश्न गर्नुभएको थियो ।