Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
हल्दिवारी एफसी सन्थाल गोल्डकपको सेमिफाइनलमा प्रवेश
सोमवार, चैत २३, २०८२
बिर्तामोड : झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकपमा हल्दिवारी एफसीले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सोमवार भएको खेलमा हल्दिवारीले पश्चिम बंगालको जोल्पा जते सन्थाल विद्रोही क्लबलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलभरि आक्रामक देखिएको हल्दिवारीले विपक्षीमाथि पूर्ण नियन्त्रण जमाएको थियो ।
खेलको ३८औं मिनेटमा दिपक मर्डीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि समिर हेमरमले ६१औं र ६४औं मिनेटमा लगातार दुई गोल गर्दै हल्दिवारीको जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शनका कारण समिर हेमरम ‘म्यान अफ द म्याच’ घोषित भए, उनले नगद १५ सय रुपैयाँ प्राप्त गरे ।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ द्वारा आयोजित प्रतियोगितामा बिर्तामोड नगरपालिका मुख्य संरक्षकका रूपमा रहेको छ भने भद्रपुर झापा गोल्डकप र वडा नं. ६ सह–प्रायोजक रहेका छन् । चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।
मंगलवार हुने खेलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड र मोरङ सन्थाल क्लबबीच कडा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक टिका हस्दाले जानकारी दिए ।