Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
पेन्टीभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ
सोमवार, असोज १५, २०८०
झापा । पेन्टीभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका- ४ बस्ने ३६ वर्षीय सुरज थेबे र शिवसताक्षी नगरपालिका- ७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।
आइतबार दिउँसो ४ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका थेबे र उनका साथी श्रेष्ठलाई शङ्का लागेर चेकजाँच गर्दा थेबेले लगाएको पेन्टीको इलास्टिकभित्र लुकाएर ल्याउँदै ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।