शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

पेन्टीभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ

सोमवार, असोज १५, २०८०

झापा । पेन्टीभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका- ४ बस्ने ३६ वर्षीय सुरज थेबे र शिवसताक्षी नगरपालिका- ७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।

आइतबार दिउँसो ४ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका थेबे र उनका साथी श्रेष्ठलाई शङ्का लागेर चेकजाँच गर्दा थेबेले लगाएको पेन्टीको इलास्टिकभित्र लुकाएर ल्याउँदै ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर