Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
सन्थाल गोल्डकप : आयोजक सन्थाल उत्थान सेवा समाज सेमिफाइनलमा प्रवेश
मङ्गलवार, चैत २४, २०८२
बिर्तामोड : झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकपमा आयोजक सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मंगलवार भएको खेलमा आयोजक टिमले मोरङ सन्थाल क्लवलाई ७–१ गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलभरि आक्रामक देखिएको आयोजक टिमले मोरङमाथि पूर्ण नियन्त्रण जमाएको थियो ।
आयोजक टिमको तर्फबाट श्याम मुर्मुले ३ गोल योगदान गरेका थिए । उनले २०, ३७ र ५२ औं मिनेटमा गोल गरेका थिए । यस्तै रोहित हेमरमले १८ र ३४ मिनेटमा गोल गरेका थिए । बाँकी २ गोल आत्मघाती भएको थियो । विपक्षी मोरङ सन्थाल क्लवले सान्तवना १ गोल फर्काएको थियो ।
आयोजक टिमका तर्फबाट ३ गोल गर्ने श्याम मुर्मु ‘म्यान अफ द म्याच’ घोषित भए, उनले नगद १५ सय रुपैयाँ प्राप्त गरे ।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ द्वारा आयोजित प्रतियोगितामा बिर्तामोड नगरपालिका मुख्य संरक्षकका रूपमा रहेको छ भने भद्रपुर झापा गोल्डकप र वडा नं. ६ सह–प्रायोजक रहेका छन् ।
चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।
बुधबार हुने पहिलो सेमिफाइनल खेल हात्तीमारा र हल्दिवारीबीच कडा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक टिका हस्दाले जानकारी दिए ।