Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
कूटनीतिक आचारसंहिता पालना गर्न मन्त्रीलाई परराष्ट्र सचिवको ब्रिफिङ
बुधवार, चैत २५, २०८२
काठमाडौँ, २५ चैत । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा विस्तृत जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रस्तुति दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन र नेपालको समग्र परराष्ट्र नीतिबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
प्रस्तुतिका क्रममा सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले प्रकाश पार्नुभयो । उहाँले नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षलाई विशेष जोड दिनुभयो ।
यसैगरी विदेशी पदाधिकारीसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताको अनिवार्य पालनाका विषयमा समेत मन्त्रीलाई जानकारी गराइएको थियो । नयाँ सरकारका सदस्यलाई कूटनीतिक मर्यादा र राष्ट्रिय हित अनुकुलका कार्य गर्न सहज होस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।