शनिवार, चैत २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सरकारी विज्ञापनसम्बन्धी निर्णय सच्याउन माग गर्दै झापाका पत्रकार आन्दोलित

बिहिवार, चैत २६, २०८२

झापा : सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/ प्रशारण गर्ने निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्नुका साथै सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

पत्रकार महासंघ झापा शाखाले संघीय सञ्चारमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई झापाका प्रमुख जिल्ला अधिकारी मार्फत सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष गिरी तथा पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, गणेश पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
अध्यक्ष गिरीले महासंघको आन्दोलन र मागहरुबारे प्रष्ट पारेका थिए भने सचिव राजु पाठकले ज्ञापनपत्र वाचन गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रजिअ गेलालले महासंघको माग समेटिएको ज्ञापनपत्र सञ्चार मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । त्यसक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, अञ्जनकुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उमेश पाण्डेको सहभागिता थियो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ कार्यसमितिसहित पत्रकार सम्बद्ध संघ–संगठनका अध्यक्षहरु, विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चालकहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति काडमाडौं र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति बिराटनगरलाई ज्ञापन पत्रको बोधार्थ दिइएको छ ।

गत चैत १८ गते भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव स्तरीय निर्णय र सोही मितिमा त्यस कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रप्रति असहमति जनाउदै महासंघको नेतृत्वमा देशभर सञ्चार क्षेत्र आन्दोलित छ ।

त्यसअघि महासंघ झापाको आयोजनामा बिहीबार नै भद्रपुर प्रेस क्लवको सभाहलमा महासंघका पूर्व अध्यक्षहरु, सञ्चारमाध्यमका सञ्चालक तथा सम्पादकहरु, पत्रकार सम्बद्ध संघ–संगठनका अध्यक्षहरुको सहभागितामा छलफल सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको छलफलका सहभागीले सरकारले निर्णय नसच्याए दवाव सिर्जना गर्नका लागि सडक आन्दोलनमा जानुपर्नेमा जोड दिइयो । संकटमा परेका मिडियालाई संरक्षण गर्न सरकारले मिडियामैत्री काम गर्नुपर्ने त्यस अवसरमा औल्याइयो ।

महासंघ झापाका पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, गणेश पोखरेल, महासंघ प्रदेश समिति सदस्य राजकुमार ओली, प्रेस युनियन प्रेस उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, प्रेस क्लव झापा भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतले सञ्चार क्षेत्रमा सम्बद्ध सबै एकजुट भई सञ्चारमाध्यमको व्यवसायिक विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिइयो ।
महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

यी हुन् ७ बुँदे मागहरूः
१. ‘सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने’ बारेको उक्त निर्णय र परिपत्र तत्काल खारेज गरियोस् ।

२. उक्त परिपत्रलाई आधार बनाइ झापाका केही स्थानीय तहले अर्को निर्णय नभएसम्मका लागि भन्दै स्थानीय सञ्चारमाध्यमलाई दिदैआएको लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्का गरेकाले लोककल्याणकारी विज्ञापनको भुक्तानीको तत्काल व्यवस्था मिलाइयोस् ।

३. संविधान र संघीयताको मर्म र भावना अनुसार स्थानीय विज्ञापन अनिवार्य रुपमा स्थानीय सञ्चार माध्यममा प्रकाशन/प्रशारणका लागि तत्काल व्यवस्था मिलाइयोस् ।

४. सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गरियोस् ।

५. अनलाइन सञ्चारमाध्यमको समेत वर्गीकरणको व्यवस्था गरी अनलाइन सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन प्रकाशन/ प्रशारणको तत्काल व्यवस्था मिलाइयोस् ।

६. संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्था तत्काल अघि बढाईयोस् । समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरियोस् ।

७. सञ्चारसम्बन्धी कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवाला संस्थासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गरियोस् ।

सम्बन्धित खबर