बुधवार, साउन ६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

बिर्तामोडका उत्कृष्ट तीन शिक्षक ५० हजारसहित पुरस्कृत, विद्यार्थीलाई प्रोत्साहन

शनिवार, चैत २८, २०८२

बिर्तामोड : झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ। नगरभित्रका शिक्षकहरूमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो।

शुक्रबार बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक सम्मान तथा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो।

उत्कृष्ट शिक्षकहरूमा प्रावि तहतर्फ जनता आधारभूत विद्यालयमा कार्यरत सरिता खतिवडा, निमावि तहतर्फ महेन्द्ररत्न माविका विजय प्रकाश उप्रेती र मावि तहतर्फ महेन्द्ररत्न माविकै लक्ष्मीप्रसाद प्रसाई रहेका छन्।

बिर्तामोड नगरपालिकाले तीन वर्षदेखि शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ।

यसैगरी, १९ जना उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित प्रोत्साहन गरिएको छ। ०८१ सालको आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा ४ जीपीए प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई नगद ५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

उत्कृष्ट विद्यार्थीहरूमा एमिटी माविकी अर्पिता अधिकारी, लालिगुराँस इङ्लिस स्कुलकी आर्जु कार्की, लिटल फ्लावर्स अंग्रेजी बोर्डिङ स्कुलका दृष्टी मित्तल, निश्चल शाह, प्रजिशा पोखरेल, प्रत्युष प्रसाई, वैभव शर्मा र वेदांश शर्मा रहेका छन्।

त्यस्तै, महेन्द्ररत्न माविका पुजता सुवेदी, मोहनमाया माविका आदित्य अर्याल, आयुषा निरौला, अजयबाबु श्रेष्ठ, अंकुश प्रधान, सलिना बाँस्कोटा र प्रतीक्षा ढकाल रहेका छन्।

यसैगरी, नवोदय फनमिन इङ्लिस स्कुलका समीर कुमार यादव, न्यूटन्स एजुकेशन एकेडेमीका कमल कुमार अधिकारी, निधि माविकी युनिशा राजवंशी र तक्षशिला प्रोग्रेसिभमा अध्ययनरत जेसिका श्रेष्ठलाई उत्कृष्ट विद्यार्थी प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो।

सो कार्यक्रममा एसईईमा उत्कृष्ट मोहनमायाकी विद्यार्थी केन्सिका गणेशलाई समेत पुरस्कृत गरिएको थियो। उनी अघिल्लो कार्यक्रममा छुटेकी थिइन्।

सोही कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मानसहित विदाइ गरिएको छ। महेन्द्ररत्न माविबाट निवृत्त शान्ता चुडाल, मोहनमाया माविबाट वेदमाया खनाल, अम्बिका देवी दाहाल, राघव गड्तौला, वीर अमरसिंहबाट यदुनाथ अधिकारी, चमरधाप प्राविबाट देवीप्रसाद पोखरेल, पञ्चरत्न माविबाट यमनाथ प्रसाई, दुर्गा माविबाट जनार्दन मिश्र तथा देवी माविबाट निवृत्त अग्नि बहादुर दाहाल, यज्ञप्रताप अधिकारी र पद्मा पाण्डेलाई सम्मानसहित विदाइ गरिएको हो।

कार्यक्रममा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले स्थानीय सरकारले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन ल्याउन प्रोत्साहन कार्यक्रम ल्याएको बताउनुभयो। उहाँले शिक्षक र विद्यार्थीहरूको योगदानबाट शिक्षामा सुधार ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।

शिक्षा क्षेत्रमा सुधार ल्याउन योगदान गर्ने शिक्षक तथा मेहनत गर्ने विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो। उहाँले स्थानीय सरकारको नेतृत्वमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेपछि धेरै परिवर्तन आएको प्रतिक्रिया दिनुभयो।

उत्कृष्ट शिक्षक छनोट समितिका संयोजक युवराज पाण्डे, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कडेल, प्याब्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेल, महेन्द्ररत्न माविका प्रअ खड्गप्रसाद खरेल तथा निवृत्त शिक्षकका तर्फबाट यदुनाथ अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अधिकांश वक्ताहरूले बिर्तामोड नगरपालिकाले शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्दै शिक्षामा सकारात्मक सुधारका लागि महत्वपूर्ण योगदान गरिरहेको बताएका थिए। शिक्षा शाखाका उपसचिव तिलचन भण्डारीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा शैक्षिक सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष शिक्षा दिवसका दिन आयोजना गरिने उक्त कार्यक्रम जेन्जी आन्दोलनका कारण प्रभावित भएपछि सारिएको थियो।

सम्बन्धित खबर