बिहिवार, वैशाख ३१, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

असल अभ्यासमा हल्दीबारी र कन्काई उत्कृष्ट

सोमवार, चैत ३०, २०८२

झापा । असल अभ्याससम्बन्धी कार्यक्रममा हल्दीबारी गाउँपालिका उत्कृष्ट घोषित भएको छ। जिल्ला समन्वय समिति (जिसस) झापाले आयोजना गरेको कार्यक्रममा गाउँपालिकालाई सम्मानपत्रसहित सम्मान गरिएको हो। यसैगरी नगरपालिकाहरूमा कन्काई नगरपालिका उत्कृष्ट घोषित भएको छ।

 

जिसस झापाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा जिसस प्रमुख विश्व बराल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा जिसस उपप्रमुख शान्ता रोक्का लगायतले संयुक्त रूपमा नगरपालिका र गाउँपालिकालाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा जिल्लाभरका विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

स्थानीय तहहरूले सञ्चालन गरेका प्रभावकारी, नविन तथा सेवामुखी कार्यहरूको समग्र मूल्याङ्कनका आधारमा हल्दीबारी गाउँपालिकालाई उत्कृष्ट छनोट गरिएको हो। विशेषगरी सामुदायिक विद्यालयहरूको अनुगमनलाई प्रविधिसँग जोड्दै घरमै बसेर विद्यालयको अवस्था, उपस्थिती, शैक्षिक गतिविधि तथा व्यवस्थापनसम्बन्धी विवरण हेर्न सकिने डिजिटल एप्सको विकास र प्रयोगलाई मुख्य आधार मानिएको बताइएको छ। यस प्रविधिले शिक्षाको गुणस्तर सुधार, पारदर्शिता अभिवृद्धि तथा स्थानीय तहको निगरानी प्रणालीलाई थप प्रभावकारी बनाएको मूल्याङ्कन गरिएको छ।

 

यसैगरी कन्काई नगरपालिकालाई बालमैत्री नगरपालिका र यसको कार्यान्वयन लाई उत्कृष्ट मानिएको छ । कार्यक्रममा बोल्दै हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले यो उपलब्धि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले गाउँपालिकाले अघि सारेका योजनाहरूलाई सफल बनाउन सबै पक्षको सहकार्य र प्रतिबद्धता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

यसैगरी कन्काईका नगर प्रमुख राजेन्द्र पोखरेलले प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराउनुका साथै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न हौसला प्रदान गरेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता उपलब्धिहरूले गाउँपालिकालाई थप उदाहरणीय बनाउँदै लैजान प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गेलालले स्थानीय तहले अपनाएका यस्ता नविन अभ्यासहरूले सेवा प्रवाहलाई सहज, छरितो र परिणाममुखी बनाउन ठूलो योगदान पुर्‍याउने बताउनु भएको थियो ।उहाँले अन्य स्थानीय तहहरूलाई पनि यस्ता असल अभ्यासहरू अनुकरण गर्न आग्रह गर्नुभएको थियो।

कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, कन्काई नगरपालिकाका मेयर राजेन्द्र पराजुली , हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा अध्यक्षहरू देवीबहादुर थापा, शुकलाल राजवंशी, सन्तकुमार थापालगायत कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

हल्दीबारी गाउँपालिकाले पछिल्लो समय शिक्षा, सुशासन तथा सेवा प्रवाह सुधारका क्षेत्रमा गरेका विभिन्न प्रयासहरूका कारण जिल्लामै उदाहरणीय स्थानीय तहको रूपमा पहिचान बनाउँदै आएको छ।

सम्बन्धित खबर