Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
इरानमा १६ सयभन्दा बढीलाई मृत्युदण्ड
मङ्गलवार, वैशाख १, २०८३
काठमाडौं, १ वैशाख: इरानमा मृत्युदण्ड दिने क्रम बढेको एक रिपोर्टले देखाएको छ। सन् २०२५ मा मात्रै इरानमा कम्तीमा १ हजार ६ सय २२ जनालाई मृत्युदण्ड दिइएको छ। यो संख्या सन् २०२४ को तुलनामा झन्डै ५८ प्रतिशतले बढी हो।
एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचका अनुसार मृत्युदण्ड दिइएकामध्ये धेरैजसो राजनीतिक बन्दी र सरकार विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरू रहेका छन्। इरान सरकारले भने उनीहरूलाई लागूऔषध ओसारपसार र हत्याको आरोपमा मृत्युदण्ड दिइएको दाबी गरेको छ।
विगतका केही वर्षदेखि इरानमा आर्थिक संकट र बेरोजगारीका कारण सरकार विरोधी प्रदर्शनहरू हुँदै आएका छन्। ती प्रदर्शनहरूलाई दबाउन सरकारले मृत्युदण्डको सहारा लिएको अधिकारकर्मीहरूको आरोप छ।
संयुक्त राष्ट्रसंघले पनि इरानको यस कदमको भर्त्सना गर्दै मृत्युदण्डको सजाय रोक्न आग्रह गरेको छ।