काठमाडौँ, १ वैशाखः प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहॉंले सबैको कल्याण र सुस्वास्थ्यको कामना गर्नुभएको हो।
प्रधानमन्त्री शाहले संस्कृतको प्रसिद्ध श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ उल्लेख गर्दै संसारका समस्त प्राणीको हित र सुखको प्रार्थना गर्नुभएको छ। उहॉंले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।’
नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा उनले कसैलाई पनि दुःख नपरोस् र सबैले शुभ कुराहरू मात्र देख्न र भोग्न पाउन भन्ने भावना व्यक्त गर्नुभएको छ। शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुखद भविष्यका लागि मंगलमय शुभेच्छा प्रकट गर्नुभएको छ।


