Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ब्रोइलर कुखुराको मासु खाएका दुई बालकको मृत्यु
शनिवार, वैशाख ५, २०८३
कैलाली, ५ वैशाख । कैलालीको चुरे गाउपालिकामा ब्रोइलर कुखुराको मासु खाएका दुई सहोदर दाजुभाइको मृत्यु भएको छ। दुई जना बिरामी भएका छन्। चुरे–३ को भक्तपुर बस्ने पाँच वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा तीन वर्षीय दिपेश ताम्राकार बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिनुभयो। दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
उनीहरुले बिहीबार मरेको ब्रोइलर कुखुरा खाएको बुझिएको प्रहरी निरीक्षक बिस्टले बताउनुभयो । प्रहरीका अनुसार मासु खाएपछि चारै जना बिरामी भएका थिए।उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा दुई दाजुभाइको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कुखुराको मासु खाएर बिरामी भए पनि मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने प्रहरी निरीक्षक बिस्टले बताउनुभयो ।