Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
धरानबाट गाँजासहित तीनजना भारतीय पक्राउ
शनिवार, वैशाख ५, २०८३
धरान, ५ वैशाख : धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित गाँजासहित तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको जानकारी दिनुभयो।
गाडीसहित भारतबिहार राज्यसुपौल जिल्ला बलुवा बजार-६ का २२ वर्षीय चालक सुबिध कुमार, सोही ठाउँका २२ वर्षीय रोहित कुमार र सुपौल बजार-१ का ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको उहॉंले जानकारी दिनुभयो।
नियन्त्रणमा लिइएका तीनैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।