Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अब सरकारी कर्मचारीको तलब १५ दिनमै आउने
सोमवार, वैशाख ७, २०८३
काठमाडौं, ७ वैशाख । सरकारले अबदेखि कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले ४ वैशाखमा महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो ।
अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ ।
‘राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रूपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरूवात गर्ने सन्दर्भमा अर्धमासिक रूपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन मिति २०८३–०१–०४ (मा. अर्थ मन्त्रीस्तर) को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई लेखेकाे पत्रमा उल्लेख छ ।
सरकारले यसअघि कर्मचारीहरूको तलबभत्ताको सुविधा महिना भुक्तान भएपछि मासिक रुपमा दिइँदै आएको थियो ।