Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विद्यार्थी संगठन हटाउन क्याम्पसमा सुरक्षा युनिट राख्ने सरकारको तयारी
सोमवार, वैशाख ७, २०८३
काठमाडौँ, ७ वैशाख । सरकारले विद्यार्थी संगठन हटाउन क्याम्पसमा सुरक्षा युनिट राख्ने सरकारको तयारी गरेको छ ।
विश्वविद्यालय, क्याम्पसलगायत शैक्षिक संस्थाबाट राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनको संरचना हटाउन सरकारले सुरक्षा दिने भएको हो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरुलाई मन्त्रालयमा डाकेर विद्यार्थी संगठन हटाउन निर्देशन दिनुभएको थियो ।
चैत २० गते विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा मन्त्री पोखरेलसहित उपकुलपतिको उपस्थितिमा बसेको बैठकको निर्णय सार्वजनिक भएको छ ।
बैठकमा विभिन्न विश्वविद्यालयका १३ उपकुलपति पनि सहभागी थिए । उनीहरुले निर्णय हस्ताक्षरसमेत गरेका छन् ।
निर्णयमा दलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती देखिए गृह मन्त्रालयमार्फत सुरक्षा व्यवस्था मिलाउने भनिएको छ ।
विश्वविद्यालय परिसरमा अस्थायी/स्थायी प्रकृतिको सुरक्षा युनिट व्यवस्था गर्न सकिने निर्णयमा उल्लेख छ ।