Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
मङ्गलवार, वैशाख ८, २०८३
काठमाडौं, ८ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ ।
आज बेलुका ललितपुरको पुल्चोकमा रहेको ३२ हात लामो रथलाई तानेर गाःबहालमा पुर्याइन्छ ।
रथ तान्नुअगाडि गुरुज्यूको पल्टनले सलामी दिनुका साथै विभिन्न टोलमा रहेका बाजागाजा समूहले रथको अघिपछि बसेर पुल्चोकदेखि गाःबहालसम्म पुर्याउने परम्परा छ । रथलाई विभिन्न ठाउँमा पुर्याएपछि पूजा गर्नुका साथै स्थानीय बासिन्दाले जात्रा भोज खुवाउने चलन छ ।
साइतअनुसार रथ तान्न शुरु गरी विभिन्न रुटमा गाःबहालबाट फेरि मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलमा पुर्याइन्छ । त्यहाँ नरिवल खसाल्ने जात्रा सकिएपछि साइत निकालेर फेरि जावलाखेल लगिन्छ र जावलाखेलमा भोटो जात्रा देखाएर त्यही दिन रातो मच्छिन्द्रनाथलाई बुङमती लगेर राखिन्छ ।