Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
आज ‘नेपाल कम्युनिष्ट पार्टी’को स्थापना दिवस
बुधवार, वैशाख ९, २०८३
काठमाडौं, ९ वैशाख । आज नेपालमा कम्युनिष्ट पार्टी ‘नेकपा’ स्थापनाको ७७औँ दिवस, एमालेसहित कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदैछन् ।
जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलो पल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
त्यस बेला पुष्पलाल पार्टीको महासचिव बन्नुभएको थियो । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देशमार्फत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
यस्तै एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद र अवसरवाद केही समयको पाहुना जस्तै भएको बताउनुभएको छ ।