Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
घट्यो सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३
काठमाडौं, ९ वैशाख । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार भने प्रतितोला आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार एक सय ६० रूपैयाँमा कारोबार भएको थियो । चाँदी बुधबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ३० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार सात सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।