Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
आज र भोली देशैभर गर्मी बढ्ने
बिहिवार, वैशाख १०, २०८३
काठमाडौं, १० वैशाख । देशका तराई भेगमा अझै केही दिन गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोली मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा गर्मी बढ्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । केही दिनयता तराई–मधेशसहित देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको हो । कतिपय ठाउँमा तातो हावा चलेको छ । कपिलवस्तु, भैरहवा, बाँके लगायत ठाउँको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
तातो हावा चल्न थालेपछि तराई मधेशको जनजीवन असहज बन्दै गएको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ ।