Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सिक्किममा बाढीबाट ४० जनाको ज्यान गयो
शनिवार, असोज २०, २०८०
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतीय सेनाले बाढीमा फँसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ ।
उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो । जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका विपत्तिहरू हिमालय क्षेत्रभर बढ्दो खतरा बन्ने चेतावनी दिएका छन् ।
पानीको बहाव बङ्गालको खाडीतिरको ग्रामीण इलाकामा बढ्न थालेपछि उद्धारकर्मीहरूले राति थप शव फेला पारेका हुन् ।
सिक्किम राज्य सरकारका अनुसार विद्यालय, सरकारी कार्यालय र गेस्टहाउसहरूमा स्थापना गरिएका राहत शिविरहरूमा करिब आठ हजारले आश्रय लिएका छन् ।