Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
आईसीसी महिला टी–२०ः नेपालको लगातार दोस्रो जीत
बिहिवार, वैशाख १०, २०८३
काठमाडौं, १० वैशाख । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ ।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४८ रन बनाइन् । रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन् ।
यसअघि रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९ ओभर ४ बलमा ८८ रन बनाउँदा सबै विकेट गुमायो । रुवान्डाकी एलिस इक्वुजेले १७ रन बनाइन् । नेपालकी रचनाकुमारी चौधरीले ३ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो भने दोस्रो खेला इटालीलाई ५० रनले हराएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।
अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता यही वैशाख १८ गतेसम्म चल्नेछ ।