बिहिवार, वैशाख १०, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन

बिहिवार, वैशाख १०, २०८३

काठमाडौँ, १० वैशाखः विपद् आउनु अघि नै व्यवस्थापनको तयारी गर्न राष्ट्रियसभाका सदस्यहरुले निर्देशन दिनुभएको छ ।
 
राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा विपद्जन्य जोखिमको न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका विषयमा छलफलका क्रममा सो निर्देशन दिइएको हो । समितिका सभापति जयन्तीदेवी राईले अब मनसुन सुरु भएसँगै बाढीपहिरो जस्ता विपद्का घटना घटन सक्ने सम्भावना हुँदा त्यसको नियन्त्रणका लागि पूर्वतयारी जरुरी रहेको बताउनुभयो । सभापति राईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् आउनु अघि नै व्यवस्थापनको तयारी गर्न निर्देशन दिनुभयो । 
 
बैठकमा समितिका सदस्यहरु ललितजङ्ग शाही, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गा गुरुङ, विष्णुकुमारी सापकोटा, धर्मेन्द्र पासवानलगायतले विपद् न्यूनीकरणका लागि जोखिम कम गर्ने कार्य योजना बेलैमा सुरु गर्नुपर्ने बताउनुभयो । समितिका सदस्य पासवानले मधेस सुक्खा, बाढी, आगलागी, हावाहुरी, शितलहर लगायतका प्राकृतिक प्रकोपको जोखिममा पर्ने हुँदा बेलैमा प्रभावकारी कार्य योजना बढाउन सुझाव दिनुभयो । 
 
उहाँले भन्नुभयो, “सकेसम्म विपद् आउनु अघि नै हुन नदिने तयारीमा जोड दिनुपर्छ । भइसकेपछि व्यवस्थापनमा राहतको विषय प्राथमिकतामा राख्नुपर्छ ।”
 
समितिको बैठकमा उपस्थीत गृह सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनका लागि विगतमा गरिएका प्रयास र यो वर्ष गर्न लागिएको तयारीबारे समितिमा ब्रिफिङ गर्नुभयो । यसै क्रममा उहाँले विगतको तुलनामा गत वर्ष विपद्का कारण मानवीय क्षति कम भएको जानकारी दिनुभयो । 
 
कार्यकारी प्रमुख भट्टले यसलाई सकारात्मक शिक्षाको रुपमा ग्रहण गर्दै आगामी विपद् जोखिमबाट सुरक्षित हुन प्राधिरकणले कार्य योजना बनाइसकेको बताउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तह र त्यहाँका सरोकारवाला एवं सङ्घसंस्थासँग प्रत्यक्ष सहकार्य गरेर विपद् जोखिमका बेला अपनाउनु पर्ने आधार तयार गर्दै आएको सुनाउनुभयो ।
 
सूचना संयन्त्रलाई व्यापक बनाउने, जनचेतना विस्तार गर्न सञ्चार माध्यमको प्रयोग बढाउनेदेखि विपद्सम्बन्धी सचेतना जगाउन विद्यालय पाठ्यक्रममा विषय समेट्नेलगायत दीर्घकालीन कार्य योजना बनाएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो ।
सम्बन्धित खबर