शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

रास्ट्रिय युवा संघ नेपालद्वारा बिर्तामोड ४ का विपन्न परिवारलाई झुल बितरण

शनिवार, असोज २०, २०८०

बिर्तामोड । रास्ट्रिय युवा संघ नेपाल बिर्तामोड ४ नम्बर वडा कमिटीले विपन्नहरुलाई झुल वितरण गरेको छ ।युवा संघले संघले प्रगतिनगर सुकुम्बासी बस्तिमा पुगेर ३५ घर परिवारलाई झुल वितरण गरेको हो ।

यहांका विपन्नहरुलाई डेंगुको महामारीबाट बचाउनका लागि आज झुल वितरण गरिएको युवा संघ नेपाल बिर्तामोड ४ वडा कमिटी अध्यक्ष नारायण मुखियाले जानकारी दिनुभयो।

कार्यक्रममा बौल्दै नेकपा एमाले बिर्तामोड नगर कमिटी ईन्चार्ज देवराज कार्कीले युवा संघले गर्दै आएको सामाजिक सेवाको विषयमा प्रशंसा गर्नु भयो । आगामी दिनमा अझै धेरै खट्नु पर्ने बताउंदै उहांले झुल वितरण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनु भयो ।

यस्तै एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले युवा संघ सक्रियताकासाथ काम गरिरहेको बताउनु भयो । बजार सरसफाई, वृक्षरोपण, रक्तदान लगायतका विभिन्न सामाजिक कार्यहरुमा युवासंघ खटिरहेको भन्दै प्रशंसा गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज देवराज कार्की र बिर्तामोड नगरकमिटी अध्यक्ष सुभाष भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर ४ कावडाअध्यक्ष राहुल कुमार शर्मा, युवा संघ नेपालका केन्द्रिय सदस्य खगेन्द्रराज आङ्देम्बे, बिर्तामोड नगर खेलकूद विकास समितिका सचिब विसन लिम्बु लगायत विभिन्न संध संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल तामाङ धेदुङ बिर्तामोड कोषाध्यक्ष समिक्षा तामाङले १० थान झुल युवा संघलाई हस्तान्तरण गर्नु भएको थियो ।

सम्बन्धित खबर