Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
क्रिकेट विश्वकप लिग-२ : यूएईले नेपालविरुद्ध फिल्डिङ गर्ने
शनिवार, वैशाख १२, २०८३
काठमाडौं, १२ वैशाख । युनाईटेड अरब इमिरेट्स (यूएई) ले क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वसिमले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिए । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।
तालिकाको पुछारमा रहेका यी दुवै लिग–२ मा खराब लयमा छन् । तालिकामा घरेलु टोली १२ अंकका साथ सातौँ स्थानमा छ । नेपालले २० खेल खेल्दा पाँच जित र १३ हार व्यहोरेको छ ।
नेपालको दुई खेल भने रद्द भएको थियो । यूएई भने समान खेल खेल्दा १० अंकका साथ तालिकाको आठौँ स्थानमा छ । यूएईले २० खेल खेल्दा पाँच जित र १५ हार व्यहोरेको छ ।