शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

सिम्रिक सहकारीद्वारा दुई पत्रकारसहित सात जना पुरस्कृत

शनिवार, असोज २०, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं साधारण सभाको अवसर पारेर दुई पत्रकारसहित सात जनालाई पुरस्कृत गरेको छ ।

संस्थाको असोज ७ देखि १३ गतेसम्म इकाइगत रुपमा शुरु भएको साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरुमाझ शनिबार बिर्तामोडमा माइन्युट प्रमाणितसभा गरिएको थियो । त्यस अवसरमा पत्रकारहरु युवराज विवश र लक्ष्मी उप्रेतीलाई जनही १० हजार रुपैयां नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट बचतकर्ता बिर्तामोडका मित्रप्रसाद घिमिरेलाई नगद ५ हजार ,झापाको उत्कृष्ट सेवाकेन्द्रको रुपमा धुलाबारी सेवाकेन्द्र प्रमुख अन्जु प्रधान, इलामको उत्कृष्ट सेवा केन्द्रको रुपमा नेपालटार सेवाकेन्द्र प्रमुख तीर्थराज सुवेदी, मोरङको उत्कृष्ट सेवाकेन्द्रको रुपमा लेटाङ सेवाकेन्द्र प्रमुख मोहन घिमिरेलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सेवाकेन्द्र प्रमुखहरुलाई जनही २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।

यस्तै, कार्यक्रममा स्वेच्छिक अवकास लिएकी पूर्वकर्मचारी दुर्गा पौडेललाई दुई लाख २५ हजार रुपैयाँसहित संस्थाले सम्मान गर्दै बिदाई गरेको थियो । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोडकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई ,कार्यकारी प्रमुख कमल बस्नेतलगायतले सम्मान तथा पुरस्कृत गर्नु भएको थियो ।

तत्कालीन २०६७ साल चैत्र ३ गते ५५ जना शेयर सदस्यको २० लाख ५० हजार रुपैंया शेयर पुंजीबाट सुरु भएको संस्थामा हाल शेयर सदस्य ५९ हजार २६३ र संस्थाको शेयर पुँजी ३१ करोड ७६ लाख ५८ हजार ६०० रहेको छ । समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलनबाट राष्ट्र र समुदाय निर्माणमा सहकारीले सघाउ पुर्याउने उद्धेश्यले स्थापना गरिएको संस्थाले हाल सदस्यमाझ उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आएको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिनुभयो।

झापाका २७ , इलामका १२ , मोरङका १० र पाँचथरको एक गरी ५० वटा सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को असार मसान्त बचत संकलन १ अर्ब ४४ करोड ७१ लाख, कर्जा लगानी २ अर्ब ५५ करोड ११ लाख रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर