बिर्तामोड, २६ वैशाख । झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुनेभएको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा यहि २०८३ जेठ १ र २ गते बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा दोस्रोमेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारीदिनुभयो । उहॉंका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित रसुदृढ, साथै नयाँ खेलाडी उत्पादन र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडाहरूलाई पुरस्कारसमेत प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेलेनगद २५ हजार र तृतीय स्थान हासिल गर्नेलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
त्यसैगरी, प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फ एक/एक जना ‘बेस्ट फाइटर’ लाई जनही नगद ५ हजारका दरलेपुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक खवासले बताउनुभयो।
उक्त प्रतियोगिताले नगरस्तरमा खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकले विश्वास लिएको छ । साथै, सम्पूर्णखेलप्रेमी, सरोकारवाला निकाय तथा सर्वसाधारणमा प्रतियोगितालाई सफल बनाउन सहयोग तथा सहभागिताका लागि हार्दिक आग्रहआयोजकले गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित छ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक खवासले जानकारी दिनुभएको छ ।


