Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
नारी सञ्चार गृह झापाद्वारा बिर्तामोड १० मा कानुनी साक्षरता
सोमवार, वैशाख २८, २०८३
झापा : बिर्तामोड नगरपालिका वडा नं. १० मा आबद्ध टोल विकास संस्थाका महिलाहरूका लागि एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा वडा अन्तर्गत रहेका २७ वटा टोल विकास संस्थाका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अधिवक्ता कविता बास्तोलाले महिलाका कानुनी अधिकार, घरेलु हिंसा, लैंगिक समानता, सम्पत्ति अधिकार तथा विभिन्न कानुनी प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। सहभागी महिलाहरूले कार्यक्रमबाट दैनिक जीवनमा उपयोगी कानुनी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू दीपिका शिवा र धनमाया श्रेष्ठ, संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा निवर्तमान अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव दीपा पोखरेलले गर्नुभएको थियो।