Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
सिरहामा १९ लाखभन्दा बढीको अवैध सामानसहित ट्रक र दुई जना नियन्त्रणमा
आइतवार, जेठ ३, २०८३
सिरहा, ३ जेठ : सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रबाट करिब १९ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा जेठ २ गते राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादव रहेका छन्। उनीहरू सोही गाडीका चालक र सहचालक हुन्।
नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको स १ ख ५३५ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा उक्त सामान बरामद भएको हो। ट्रकमा कस्मेटिक सामान, टुथपेस्ट र २६० केजी ओखर लोड गरिएको थियो। बरामद सामानको बजार मूल्य १९ लाख ४७ हजार ३ सय रुपैयाँ र नियन्त्रणमा लिइएको ट्रकको अनुमानित मूल्य २१ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ भने बरामद सामान र ट्रकलाई भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको छ।