Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडमा असोज २३ गतेदेखि चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने
आइतवार, असोज २१, २०८०
झापा । बिर्तामोडमा असोज २३ गतेदेखि चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा वडा स्तरिय फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नगरका १० वटै वडाबाट १/१ वटा टिमले सहभागीता जनाउने छन्।नगर खेलकूद विकास समितिका अध्यक्ष विकाश गिरीले उदीयमान खेलाडीहरुको पहिचान गर्ने, लुकेर रहेका प्रतिभालाई उजागर गराउने उदेश्यले यो प्रतियोगिता महत्वपुर्ण रहेको बताउनु भयो ।
समितिका सचिव विसन लिम्बुले प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनु भयो ।
बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नगर खेलकूद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिनुभयो । उहांले मैदानमा झार काट्नेलगायत रंगशालालाई व्यवस्थित गर्ने काम सकिएको जानकारी दिनु भयो ।फाईनल खेल कात्तिक २ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख पवित्रा महतारा प्रसाईले गर्ने कार्यक्रम रहेको छ ।