बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा असोज २३ गतेदेखि चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

आइतवार, असोज २१, २०८०

झापा । बिर्तामोडमा असोज २३ गतेदेखि चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा वडा स्तरिय फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नगरका १० वटै वडाबाट १/१ वटा टिमले सहभागीता जनाउने छन्।नगर खेलकूद विकास समितिका अध्यक्ष विकाश गिरीले उदीयमान खेलाडीहरुको पहिचान गर्ने, लुकेर रहेका प्रतिभालाई उजागर गराउने उदेश्यले यो प्रतियोगिता महत्वपुर्ण रहेको बताउनु भयो ।

समितिका सचिव विसन लिम्बुले प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनु भयो ।

बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नगर खेलकूद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिनुभयो । उहांले मैदानमा झार काट्नेलगायत रंगशालालाई व्यवस्थित गर्ने काम सकिएको जानकारी दिनु भयो ।फाईनल खेल कात्तिक २ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख पवित्रा महतारा प्रसाईले गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर