शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

दुर्गा प्रसाईंलाई मोसो दलेको विरोधमा बिर्तामोडमा प्रदर्शन

सोमवार, असोज २२, २०८०

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलेको विरोधमा बिर्तामोडमा प्रदर्शन भएको छ ।

व्यवसायी प्रसाईले सन्चालन गर्दै आएको नागरिक बचाउ अभियानका अभियानकर्मीहरुले टाउकोमा कालोपट्टी बांधेर दोषीलाई कार्वाहीको माग गर्दै नाराजुलुस गरेका हुन् । उनीहरुले नेकपा एमाले र भातृसंगठन युवा संघका नेताहरुको विरोधमा नारा लगाए ।

नारा जुलुस पछि मुक्तिचौकमा आयोजना गरीएको कोणसभामा बोल्दै नागरिक बचाउ अभियानका अभियन्ता माधव झाले दोषीलाई हदैसम्मको कडा सजाय नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए । उनले भ्रष्टचारको पोल खोलेकैकारण प्रसाईमाथि दुर्व्यवहार भएकोसमेत बताएका छन् ।

काठमाडौंको कान्तिपथ स्थित  यल्लो प्यागोडा होटलमा आज दिउँसो १२:४५ बजे आयोजना गरिएको पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै प्रसाईलाई अज्ञात व्यक्तिहरुले मोसो दलेर भागेका थिए ।

भिडियो हेर्नको लागि तल दिएको Link थिच्नुहोस् ।

copy_9A481267-2D87-424A-99E5-81E3E9D56ED1copy_9A481267-2D87-424A-99E5-81E3E9D56ED1

सम्बन्धित खबर