Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा आजदेखि चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु
मङ्गलवार, असोज २३, २०८०
झापा । बिर्तामोडमा आजदेखि चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा सुरु प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नु भयो । यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डोमालाल राजवंशी रंगशालालाई झापाको गौरवपुर्ण रंगशालाको रुपमा विकास गर्न मास्टर प्लान बनाएर अघि बढ्ने बताउनु भयो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला र झापा एफसी अध्यक्ष जलकुमार गुरुंगले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।
प्रतियोगिता उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका निबर्तमान नगरप्रमुख धुर्वकुमार शिवाकोटी, वडाअध्यक्षहरु किशोर पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, सुर्यप्रसाद कन्दंवा, अविरलकृष्ण खरेल लगायत विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।
प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर ३ र ४ विच भईरहेको छ ।