Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापा इनर्जीको सौर्य आयोजनामा आगलागी, ५ मेगावाट विद्युत् उत्पादन बन्द
सोमवार, जेठ १८, २०८३
झापाको शिवसताक्षी नगरपालिका-४ मा सञ्चालनमा रहेको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा आगलागी भएको छ। आयोजनामा जडान गरिएका दुई वटा ५ एमभिए (MVA) क्षमताका इन्भर्टरमध्ये एउटामा आज दिउँसो आगलागी भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
उक्त घटनापछि सोही इन्भर्टरमार्फत उत्पादन हुँदै आएको ५ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको छ। आगलागीको मुख्य कारणबारे कम्पनीको प्राविधिक टोलीले विस्तृत अनुसन्धान सुरु गरिसकेको छ। उक्त इन्भर्टर खरिद गर्दा प्राप्त वारेन्टी अवधि अझै बाँकी रहेकाले सम्बन्धित निर्माता तथा आपूर्तिकर्ता कम्पनीलाई घटनाबारे औपचारिक जानकारी गराइसकिएको कम्पनीले जनाएको छ।
यसैबीच विद्युत् उत्पादनलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आवश्यक कार्य अघि बढाइएको झापा इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो।
आकस्मिक दुर्घटनाका कारण आमउपभोक्ता, सरोकारवाला निकाय तथा स्थानीय समुदायमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा समेत मागेको छ।