शनिवार, साउन २, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Her cihazda çalışan paribahis uygulaması kullanıcı dostu arayüzüyle dikkat çekiyor.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

Kumarhane oyunlarını sevenler bettilt giriş ile vakit geçiriyor.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

मङ्गलवार, जेठ १९, २०८३

काठमाडौँ, १९ जेठः यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ ।

चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही अवधिमा कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले चलचित्रसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दर्शकबाट पाएको मायाले मेहनतको फल पाएको आभाष भएको छ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, जसलाई दर्शकले रुचाउनुभयो । यो चलचित्रले शिक्षा नभई जीवन उज्यालो हुन सक्दैन भन्ने सन्देश प्रवाह गर्छ ।” उहाँका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् ।

उक्त चलचित्रमा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ । सुशील पोखरेलले निर्माण गर्नुभएको उक्त चलचित्रका लागी कुल एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् ।

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यस्तै, गत २५ वैशाखदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङ्गले’ ले रु ५१ लाख ७३ हजार ७९३ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल १६ हजार १८८ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायत कलाकारले अभिनय गर्नुभएको छ । प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन ।

गत वैशाख २५ मै प्रदर्शन भएको चलचित्र ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गर्नुभएको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, गिरीबहादुर पुनलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाई गरेको छ । सहारा शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मा लगायतले अभिनय गर्नुभएको छ ।

गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु ३३ लाख २६ हजार ३२० कमाई गरेको छ । निमेष श्रेष्ठले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कुल १० हजार ८५५ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत जेठ ८ मा प्रदर्शन भएका दुई चलचित्र ‘काजी’ र ‘मित ज्यू’ ले दर्शकको राम्रो साथ पाएको छैन । यी दुई चलचित्रले पहिलो साता सुखद व्यापार गर्न सकेको छैन । अभिनेत्री विपिन कार्की, अभिनेत्री केकी अधिकारी, गरिमा शर्माले अभिनय गर्नुभएको चलचित्र ‘काजी’ ले रु ४० लाख ८८ हजार १७५ कमाएको छ । लक्ष्मण रिजालले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कुल १३ हजार सात वटा टिकट बिक्री भएका छन् । रामप्रसाद रिजालले निर्माण गर्नुभएको उक्त चलचित्रमा ग्रामिण भेगको प्रेमकथा देखाइएको थियो ।

गत जेठ ८ मै प्रदर्शन भएको चलचित्र ‘मितज्यू’ ले सोही अवधिमा रु एक करोड २० लाख ५९ हजार ८२ कमाई गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् । जनक घर्तीमगरले निर्माण गर्नुभएको उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, टेरिया फौजा मगरलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्याङ्कअनुसार यस वर्ष जेठ मध्यसम्म प्रदर्शन भएका चलचित्रमा घरेलुबजारमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।

सम्बन्धित खबर