मङ्गलवार, जेठ १९, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Bahis dünyasındaki tecrübesiyle fark yaratan bettilt güvenle büyüyor.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026’te yeni tasarımıyla dikkat çekecek olan bettilt şimdiden konuşuluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पश्चिमी दबाबबीच भारतको म्यान्मा नीति

मङ्गलवार, जेठ १९, २०८३

पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनसँगको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्माका सैन्य समर्थित राष्ट्रपति मिन आङ ह्लाइङसँग नयाँदिल्लीमा वार्ता गरेपछि भारतले ‘संलग्नता नै व्यवहारिक विकल्प’ भएको आफ्नो धारणा दोहोर्‍याएको हो ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकारहरूसँग कुरा गर्दै भारतको नीति म्यान्माको ‘आन्तरिक राजनीतिक व्यवस्थामाथि टिप्पणी गर्ने उद्देश्यले निर्देशित नभएको’ बताउनुभयो । उहाँका अनुसार नयाँदिल्लीले म्यान्मासँग सम्बन्ध कायम राखेर अघि बढ्नु नै प्रभावकारी र उपयोगी उपाय हुने विश्वास राख्छ ।

सन् २०२१ मा म्यान्मा सेनाले सत्ता कब्जा गर्दै आङ सान सुकीको निर्वाचित सरकारलाई हटाएपछि अमेरिका लगायत पश्चिमी राष्ट्रहरूले त्यहाँको सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाएका थिए । त्यसयता विपक्षीमाथिको दमन, गृहद्वन्द्व र गम्भीर मानवीय सङ्कटका कारण सैन्य नेतृत्व अन्तर्राष्ट्रिय आलोचनाको केन्द्रमा रहँदै आएको छ । यद्यपि भारतले भने छिमेकी मुलुकसँग संवाद तोड्नु भन्दा निरन्तर सम्पर्क राख्ने नीति अपनाएको छ ।

“निरन्तर वार्ता महत्त्वपूर्ण हुन्छ भन्ने सिद्धान्तमा हामी सधैँ अघि बढेका छौँ”, मिस्रीले भन्नुभयो । उहाँले म्यान्मालाई अलग्गै राख्ने रणनीतिले उल्टै प्रतिकूल परिणाम दिने तर्क गर्नुभयो । “इतिहासले देखाएको छ, सम्बन्ध विच्छेदले संलग्नताभन्दा राम्रो नतिजा दिएको छैन”, उहाँको भनाइ थियो ।

आलोचक र मानव अधिकारकर्मीहरूले मिन आङ ह्लाइङको भारत भ्रमणले म्यान्माको सैन्य समर्थित प्रशासनलाई अन्तर्राष्ट्रिय वैधानिकता दिलाउने जोखिम बढाउन सक्ने बताएका छन् । अप्रिलमा विवादास्पद निर्वाचनपछि राष्ट्रपतिका रूपमा शपथ लिएपछि उहाँको यो पहिलो भारत भ्रमण हो । आलोचकहरूका अनुसार उक्त निर्वाचन सत्तामा सेनाको नियन्त्रण थप मजबुत बनाउन केन्द्रित थियो । यसअघि उहाँले सन् २०१९ मा म्यान्माका सैन्य प्रमुखका रूपमा भारत भ्रमण गर्नुभएको थियो ।

भारत र म्यान्माबीच एक हजार ६४३ किलोमिटर लामो स्थलसीमा तथा बङ्गालको खाडी क्षेत्रमा समुद्री सीमा जोडिएको छ । भारतका लागि म्यान्मा केवल छिमेकी मुलुक मात्र नभई सुरक्षा, रणनीति र क्षेत्रीय स्थायित्वसँग प्रत्यक्ष जोडिएको साझेदार पनि हो । म्यान्माको चिन राज्य तथा अन्य द्वन्द्वग्रस्त क्षेत्रबाट भागेका हजारौँ शरणार्थीहरूलाई भारतले आश्रय दिँदै आएको छ ।

दुई देशले सीमा सुरक्षादेखि विद्रोही समूहविरुद्धको कारबाहीसम्म विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छन् । सीमा आसपास सक्रिय सशस्त्र समूहहरूसँग जुध्न गुप्तचर सूचना आदानप्रदानमा पनि दुवै पक्षबीच सहयोग रहेको बताइएको छ ।

मोदी र मिन आङ ह्लाइङले भेटपछि संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्नुभएन, जबकि नयाँ दिल्ली भ्रमणमा आउने धेरैजसो विदेशी राष्ट्र वा सरकार प्रमुखहरूसँग हुने द्विपक्षीय भेटपछि यस्तो अभ्यास सामान्य मानिन्छ ।

विदेश सचिव मिस्रीका अनुसार दुई नेताबीच व्यापार, रक्षा तथा सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, क्षेत्रीय मुद्दा, आर्थिक सम्बन्ध र प्रविधि साझेदारीबारे विस्तृत छलफल भएको थियो । दुवै पक्षले व्यापार, ऊर्जा, महत्त्वपूर्ण खनिज, पूर्वाधार र क्षेत्रीय सम्पर्क विस्तारसँग सम्बन्धित प्रमुख परियोजनालाई तीव्रता दिने सहमति गरेका छन् ।

वार्तामा साइबर अपराध र मानव बेचबिखन नियन्त्रणसम्बन्धी सहकार्य पनि महत्त्वपूर्ण विषयका रूपमा उठाइएको थियो । दक्षिण तथा दक्षिणपूर्वी एसियामा फैलिएका ठगी केन्द्रहरूमा फसाइएका भारतीय नागरिकहरूको विषयमा पनि छलफल भएको बताइएको छ । मिस्रीका अनुसार पछिल्ला १८ महिनामा भारत र म्यान्माले संयुक्त प्रयासमार्फत दुई हजार ४०० भन्दा बढी भारतीय नागरिकको उद्धार गरेका छन् ।

भारत भ्रमणका क्रममा मिन आङ ह्लाइङले राष्ट्रपति द्रौपदी मुर्मु, विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्कर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

सम्बन्धित खबर