शनिवार, साउन २, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Her cihazda çalışan paribahis uygulaması kullanıcı dostu arayüzüyle dikkat çekiyor.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

Kumarhane oyunlarını sevenler bettilt giriş ile vakit geçiriyor.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

मङ्गलवार, जेठ १९, २०८३

काठमाडौँ, १९ जेठ : नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ ।

विसं २०१५ मा ‘युनाइटेड नेसन्स् अब्जरभर ग्रुप इन लेबनान’ (युएनओजिआइएल)अन्तर्गत पाँच जना नेपाली सैनिक पर्यवेक्षकको तैनाथीसँगै विश्व शान्ति कार्यमा नेपालको यात्राको सुरुआत भएको थियो । यद्यपि, २०३१ सालमा युनाइटेड नेसन्स् इमर्जेन्सी फोर्स– युएनइएफअन्तर्गत इजिप्टको सिनाइमा पुरानो गोरख गणको तैनाथी नै नेपाली सेनाको युनिट तहको पहिलो सहभागिता थियो ।

हालसम्म नेपाली सेनाका करिब एक लाख ६५ हजारभन्दा बढी शान्ति सैनिकले विश्वका विभिन्न ४४ वटा शान्ति कार्य मिसनमा योगदान दिइसकेका छन् । विश्व शान्ति स्थापनाजस्तो पवित्र कार्यमा खटिँदा कर्तव्यपालनाको सिलसिलामा हालसम्म ७४ जना नेपाली शान्ति सैनिकको ज्यान गएको छ भने ७७ जना घाइते भएका छन् ।

हाल विश्वका विभिन्न नौवटा शान्ति कार्य मिसनमा नेपाली सेनाका चार हजार १४९ जना शान्ति सैनिक तैनाथ छन् ।

संयुक्त राष्ट्रसङ्घको बडापत्रको मर्म र सदस्य राष्ट्रको हैसियतले पूरा गर्नुपर्ने जिम्मेवारीका साथै नेपालको सुरक्षा नीति तथा परराष्ट्र नीतिबमोजिम विश्व शान्ति र सुरक्षामा नेपालको विशिष्ट योगदान र भूमिकालाई थप प्रभावकारी बनाउन विश्वमा शान्ति स्थापना कार्यमा नेपाली सेना सक्रिय रहिआएको छ । नेपाली सेनाको यो देनलाई विश्वले नै प्रशंसा गर्ने गरेको छ ।

विश्व शान्तिमा नेपाली सेनाको यही योगदान, नेपाली शान्ति सैनिकहरूको उच्चस्तरको अनुशासन, व्यावसायिकता शान्तिप्रतिको प्रतिबद्धताका कारण राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक तैनाथ गर्ने नेपाल एक भरपर्दो एवं विश्वसनीय सदस्य राष्ट्रका रूपमा स्थापित छ ।

राष्ट्रसङ्घको विश्व शान्तिप्रतिको यो प्रतिबद्धता तथा एक जिम्मेवार सदस्य राष्ट्रका नाताले राष्ट्रसङ्घबाट अनुरोध भई आएमा नेपाल सरकारले १० हजारसम्म शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता गरेको पनि छ । जसका लागि दुईवटा युनिट ६० दिनभित्र र पाँचवटा युनिट १८० दिनभित्र खटाउन सक्नेगरी तयारी हालतमा राखिएको पनि नेपाली सेनाले जनाएको छ ।

विद्यमान जटिल र बहुआयामिक जोखिमयुक्त सुरक्षा वातावरणमा शान्ति सैनिकहरूलाई प्राप्त म्यान्डेट र जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट सम्पादन गर्न सक्षम र योग्य शान्ति सैनिकहरू तयार गर्ने उद्देश्यका साथ काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अन्तरराष्ट्रियस्तरको तालिम एवं अन्य आवश्यक पूर्वाधारहरू निर्माण भएका छन् ।

सोहीबमोजिम नै त्यहाँ तैनाथीपूर्वका समयसापेक्ष, मिसनहरूको सुरक्षा वातावरण सुहाउँदो एवं राष्ट्रसङ्घको मापदण्डबमोजिमको पूर्वतैनाथी तालिम र विशिष्टिकृत तालिमहरू पनि सञ्चालन भइरहेका छन् ।

त्यसैगरी शान्ति स्थापना कार्यमा बहुराष्ट्रिय शान्ति सैनिकहरूबीच आपसी समझदारीको विकास गर्ने उद्देश्यसहित विभिन्न समयमा मित्रराष्ट्रहरूका शान्ति सैनिकहरूको सहभागितामा उक्त तालिम केन्द्रमा शान्ति स्थापना कार्यसम्बन्धी तालिम तथा अभ्यास सञ्चालन हुने गरेका सो केन्द्रले जनाएको छ ।

वर्तमान शान्ति कार्य मिसनहरूको अपरेशनल तथा बन्दोबस्ती आवश्यकतालाई दृष्टिगत गरी शान्ति सेना युनिटहरूको मिसन तैनाथीपूर्वको तयारी तथा भरपर्दो बन्दोबस्ती प्रणाली व्यवस्थापनको सुनिश्चितता गर्न बाराको जितपुरमा शान्ति कार्य लजिष्टिक केन्द्र स्थापना भई सञ्चालनमा रहेको छ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएर कार्य गरिसकेका र हाल तैनाथ रहँदै आएका शान्ति सैनिक, प्रहरी र गैरसैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे २९ मा शान्ति सैनिकसम्बन्धी अन्तरराष्ट्रिय दिवस पनि मनाउने गरिएको छ ।

यस विशेष दिवसका अवसरमा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरी शान्ति स्थापनार्थ खटिँदा कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाउनेहरूको सम्मानमा मरणोपरान्त ड्याग ह्यामरसल्ड पदक पनि प्रदान गर्ने गरिन्छ ।

उक्त पदक यस वर्ष नेपाली सेनाका एक जनालाई प्रदान गरियो । साथै, सोही अवसरमा विश्वभर राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले विश्व शान्ति स्थापना कार्यमा योगदान गर्ने आफ्ना नागरिकहरूको सम्मानमा स्मृति सभा, छलफल र विशेष सम्मान लगायतका कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

विश्वमा शान्ति स्थापना गर्न शान्ति सैनिक योगदान गर्ने राष्ट्रमध्ये अग्रस्थानमा रहँदै आएको नेपालमा विगतझैँ यस वर्ष पनि विश्व शान्तिमा अटुट प्रतिबद्धता प्रकट गर्न र नेपाली शान्ति सैनिकले प्रदर्शन गरी आएको अदम्य साहस र उच्च व्यावसायिकताको कदर गर्न सोमबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा विभिन्न शान्ति कार्य मिसनमा खटिँदा ज्यान गुमाएका शान्ति सैनिकका परिवारलाई सम्मानित गर्ने र मिसन इलाकामा तैनाथ रहँदा उत्कृष्ट कार्य गरी संयुक्त राष्ट्रसङ्घ, समग्र राष्ट्र र नेपाली सेनाको छवि उच्च राख्ने योगदान गर्ने सकलदर्जालाई कदर गरियो ।

कार्यक्रममा मिसन इलाकाको चुनौतीपूर्ण घडीमा नेपाली शान्ति सैनिकले आफ्नो व्यावसायिक चरित्र प्रदर्शन गरी निर्वाह गरेको भूमिका झल्कने प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो ।

अनुशासित, इमानदार र कर्तव्यनिष्ठ नेपाली शान्ति सैनिकहरूले प्रविधिको विकाससँगै बदलिँदो सुरक्षा वातावरणमा प्रभावकारी रूपमा जिम्मेवारी पूरा गर्ने क्रममा द्वन्द्वग्रस्त मुलुकका स्थानीय जनता एवं अन्तरराष्ट्रिय समुदायको विश्वास र भरोसा हासिल गरेका छन् ।

यसबाट राष्ट्रिय हितको संरक्षण र संवर्द्धनमा ठोस योगदान पुग्नुका साथै नेपालको परराष्ट्र नीतिमा टेवा पुर्याएको छ भने अर्कातर्फ नेपालले प्राप्त गरेको यो अन्तरराष्ट्रिय विश्वास नेपालका लागि पनि एक गौरवको विषय बन्न पुगेको छ ।

सम्बन्धित खबर