आइतवार, साउन ३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Her cihazda çalışan paribahis uygulaması kullanıcı dostu arayüzüyle dikkat çekiyor.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

Kumarhane oyunlarını sevenler bettilt giriş ile vakit geçiriyor.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

बिर्तामोड नगरपालिकाको सहयोगमा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

बिहिवार, जेठ २१, २०८३

झापा : बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा प्रथम आईटी सिस्टम प्रालिले सञ्चालन गरेको कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी ६० घण्टाको तालिम आज सम्पन्न गरिएको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा तालिम प्रदायक संस्था प्रथम आइटी सिस्टम प्रालिले तालिम समापन गर्दै सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

बिर्तामोड नगरपालिकामा दर्ता भएका र यहाँ कार्यक्षेत्र रहेका सहकारी संस्थामा कार्यरत लेखा व्यवस्थापन तर्फका कर्मचारी एवम् सञ्चालकहरुका लागि १५ दिन अर्थात् ६० घण्टाको तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण पछि मन्तब्य राख्नु हुँदै नगर उपप्रमुख संग्रौलाले यस तालिममा सहभागीहरुको प्रतिक्रिया मन्तब्यबाट प्रथम आईटीले सञ्चालन गरेको तालिम सार्थक एवम् परिणाममुखी भएको रहेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

‘विगत वर्षहरुमा पनि सहकारी लेखा व्यवस्थापन सम्बन्धी तालिमहरु नदिइएका होइनन्’ नगर उपप्रमुख संग्रौलाले भन्नुभयो ‘तर यसपटकको तालिम स्मार्ट बोर्डमा हेरेर, आफ्नै ल्यापटपमा आफ्नो संस्थाको विवरण रुजु गर्दै सहभागीहरुले सिक्न पाउने जुन अवसर पाउनु भयो, यो अत्यन्त सकारात्मक पक्ष भएको पाएँ । आगामी वर्षहरुमा पनि यस्ता दुईपीक्षीय अवसरहरु आदान प्रदान गर्न हामी ईच्छुक छौं ।’

‘सहकारीको लेखा व्यवस्थापन चुस्त दुरुस्त ढंगले गर्न सकियो र लप्पन छप्पन नगरी यथार्थ विवरण प्रस्तुत गरियो भने संस्थाको आर्थिक अवस्था थाहा पाउन सकिन्छ’ समापन कार्यक्रमका प्रमुख अतिथि संग्रौलाले भन्नुभयो, ‘नगरपालिकाको न्यायिक समितिमा पनि सहकारी संस्थाको ऋण उठाउन नसकेका कतिपय उजुरीहरु परेकाले ऋण लगानी गर्दा व्यक्तिको निजी जीवन, आनीबानी र परिवारको साथको जानकारी लिन आवश्यक रहेको’ सुझाव दिनुभयो ।

प्रथम आईटी सिस्टम प्रालिका अध्यक्ष लोकप्रिय खनालको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा अनुगमनकारी संस्था कम्प्युटर एशोसिएशन नेपाल (क्यान) झापाका अध्यक्ष शुभ कुमाई पाठकले प्रथम आईटी सिस्टम प्रालिले सञ्चालन गरेका सबैजसो तालिमहरु कार्यमुलक एवम् सफल हुने बताउनु भयो ।

झापामा स्थापित सबैजसो सहकारी संस्थाहरु सफ्टवेयरको प्रयोग गरेर लेखा राख्ने प्रणालीमा गइसकेकाले यो तालिम लाभप्रद भएको र संस्थाको हरहिसाब अब झन् चुस्त हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिम समापन कार्यक्रममा बितेको १५ दिनमा के के सिकाइयो, के सिकियो र तालिमप्रति सहभागीको धारणा कस्तो रह्यो भन्ने विषयमा तालिम संयोजक एवम् प्रशिक्षक सुरज चिमरियाले स्लाइड प्रस्तुत गर्नुभएको थियो ।

यस्तै प्रशिक्षार्थीहरु आत्मनिर्भर महिला साकोसका पुष्पा गौतम दाहाल, जनसमृद्धि बहुउद्देश्यीय सहकारी संस्थाका कोपिला ढुंगेल, दुर्गा पाञ्चायन सहकारी संस्थाका भवानी प्रसाईं र विवेकशील महिला कृषि सहकारी संस्थाका संगीता बस्नेतले अनुभूति मन्तब्य राख्नु भएको थियो ।

उहाँहरुले नगरपालिकाको बजेटमा विगतमा पनि तालिमहरु सञ्चालन हुँदा लिइएको भए पनि यो पटकको जस्तो लाभदायी प्रशिक्षण पहिले नपाइएको जिकिर गर्नुभयो । आफूहरुले नै तिरेको करबाट पालिका चल्ने भएकाले आगामी वर्षको बजेट विनियोजन गर्दा नगर क्षेत्रका सबै सहकारी संस्था लाभान्वित हुने गरी यही प्रकृतिको तालिम प्रवाह गर्न आग्रह पनि गर्नुभयो ।

आफ्नो संस्थामा प्रयोग भइरहेको सहकारी लेखा राख्ने सफ्टवेयरको २०–२५ प्रतिशत पनि प्रयोग गर्न नजान्ने आफूहरुले अब ८० प्रतिशतभन्दा धेरै पोष्टिङ गर्न र वित्तीय विवरणहरु निकाल्न सक्ने क्षमताको विकास भएको उहाँहरुको भनाई थियो ।

क्यान झापाका सदस्य पत्रकार गोपाल काफ्लेले सञ्चालन गर्नुभएको तालिम समापन समारोहमा प्रथम आईटी सिस्टम प्रालिका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले अतिथिहरुलाई शाब्दिक स्वागत गर्दै तालिमको आवश्यकता, औचित्य एवम् भावी दिनमा प्राप्त हुने उपलब्धीहरु बारे प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रममा सामाजिक व्यक्तित्व चैतन्यप्रकाश मैनाली, बिर्तामोड वडा नं. ४ का वडाध्यक्ष राहुलकुमार शर्मा, तालिमका प्रशिक्षक तथा आवद्ध साकोसका व्यवस्थापक पर्वतराज चिमरियासहित प्रशिक्षकहरुको सहभागिता थियो ।

उक्त तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य एवम् वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाको विशेष आतिथ्यमा गत जेठ ४ गते गरिएको थियो ।

सम्बन्धित खबर