सोमवार, साउन ४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Her cihazda çalışan paribahis uygulaması kullanıcı dostu arayüzüyle dikkat çekiyor.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

Kumarhane oyunlarını sevenler bettilt giriş ile vakit geçiriyor.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता

बिहिवार, जेठ २१, २०८३

सुरुङ्गा (झापा), २१ जेठः प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ । गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन् ।

विशेषगरी, हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिका तथा आसपासका चिया उत्पादन क्षेत्रका बगानमा लुपर किराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । किराले चियाका कोमल तथा हरिया पात मात्र नभई बोटको वृद्धि प्रणालीमै असर पुर्‍याउन थालेपछि उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ ।

चिया व्यवसायीहरूका अनुसार यस वर्ष झापाका धेरै बगानमा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ । समयमै नियन्त्रण गर्न नसकिए चिया उद्योगको उत्पादन चक्र नै प्रभावित हुने अवस्था देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।

भद्रपुर–७ का चिया व्यवसायी शुक्र ढकालका अनुसार किसानबाट पर्याप्त मात्रामा हरियो पत्ती प्राप्त हुन नसकेपछि केही चिया प्रशोधन उद्योगले उत्पादन घटाएका छन् भने कतिपय उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् । उहाँका अनुसार किसान यस वर्षको पहिलो टिपाइदेखि नै राम्रो उत्पादनको आशामा थिए । पर्याप्त वर्षा भएका कारण उत्पादन बढ्ने र आम्दानीमा सुधार आउने अपेक्षा गरिएको थियो । तर, दोस्रो टिपाइ सुरु भएसँगै लुपर किराको प्रकोप व्यापक रूपमा फैलिँदा आशा निराशामा परिणत भएको छ ।

नेपालमा उत्पादन हुने कुल चियामध्ये सबैभन्दा ठूलो हिस्सा झापाबाट उत्पादन हुन्छ । झापालाई नेपाली चियाको राजधानीका रूपमा चिनिन्छ । जिल्लाका बिर्तामोड, अर्जुनधारा, हल्दीबारी, भद्रपुर, कचनकबल, बाह्रदसी, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हजारौँ हेक्टर जमिनमा चियाखेती भइरहेको छ ।

झापामा ठूला बगानसँगै ससाना किसान पनि चियाखेतीमा आबद्ध छन् । साना किसानले उत्पादन गरेको हरियो पत्ती स्थानीय प्रशोधन उद्योगमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् । जिल्लामा दर्जनौँ चिया प्रशोधन उद्योग सञ्चालनमा छन् । चियाखेतीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ श्रमिक, किसान तथा व्यवसायीको जीविकोपार्जन धानेको छ । विशेषगरी महिलाको रोजगारीको महत्त्वपूर्ण आधार चिया क्षेत्र नै हो ।

कृषि प्राविधिकहरूका अनुसार लुपर किराले चियाका कोमल पात खाएर बोटको प्रकाश संश्लेषण प्रक्रिया कमजोर बनाउँछ । पातमा रहेको हरितकण नष्ट हुँदा बोटको वृद्धि रोकिन्छ र दीर्घकालीन रूपमा बोट नै सुक्ने जोखिम बढ्छ ।

सामान्य अवस्थामा असार र साउन महिना हरियो पत्ती उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यही अवधिमा वार्षिक उत्पादनको ठूलो हिस्सा सङ्कलन हुने गर्दछ । तर यस वर्ष वैशाख–जेठदेखि नै सक्रिय भएको लुपर किराले उत्पादनको आधारभूत संरचनामै क्षति पुर्‍याएको किसानको गुनासो छ ।

गत वर्ष करिब ३० प्रतिशत क्षति पुर्‍याएको यो किराले यस वर्ष आधाभन्दा बढी बगान प्रभावित बनाएको अनुमान गरिएको छ । उत्पादन घटेसँगै किसानको आम्दानीमा प्रत्यक्ष असर परेको छ भने उद्योगको कच्चापदार्थ आपूर्तिमासमेत समस्या देखिएको छ ।

नेपालमा उत्पादित अर्थोडक्स चिया विश्वबजारमा गुणस्तरीय चियाका रूपमा चिनिन्छ । नेपाली चिया भारत, जर्मनी, अमेरिका, जापान, चीन, बेलायत, फ्रान्स, नेदरल्यान्ड्सलगायत मुलुकमा निर्यात हुँदै आएको छ । तर पछिल्ला वर्षमा निर्यात प्रक्रियामा देखिएका अवरोध, अन्तरराष्ट्रिय बजारको प्रतिस्पर्धा, उत्पादन लागतमा वृद्धि, रासायनिक मलको अभाव तथा रोगकिराको समस्या चिया क्षेत्रका मुख्य चुनौतीका रूपमा देखिएका छन् ।

उद्योगीका अनुसार उत्पादन घट्दै जाँदा निर्यात बजारमा नेपाली चियाको आपूर्ति निरन्तरता कायम राख्न कठिन हुने अवस्था सिर्जना हुन सक्छ । अन्तरराष्ट्रिय बजारमा एकपटक आपूर्ति कमजोर भए प्रतिस्पर्धी मुलुकले बजार ओगट्ने जोखिम रहने उनीहरूको भनाइ छ ।

झापाका सयौँ परिवारको आर्थिक जीवन चियामै निर्भर छ । साना किसानले दैनिक टिपेको हरियो पत्ती बिक्री गरेर घरखर्च चलाउने गरेका छन् । उत्पादन घट्दा उनीहरूको आम्दानीमा सिधा असर परेको छ । चिया उद्योगमा कार्यरत श्रमिकको रोजगारीसमेत प्रभावित हुने चिन्ता बढेको छ । उत्पादन घट्दै गए उद्योगले कामदार सङ्ख्या कटौती गर्नुपर्ने अवस्था आउनसक्ने उद्योगीको भनाइ छ । किसानका अनुसार लगातार दुई वर्ष रोगकिराको प्रकोप दोहोरिँदा चिया खेतीप्रतिको आकर्षण घट्न थालेको छ । उत्पादन लागत बढ्दै जाँदा आम्दानी भने घटिरहेको उनीहरूको गुनासो छ ।

चिया निर्यात प्रभावित

नेपाली चियाको प्रमुख बजार भारततर्फको निर्यात पुनः प्रभावित भएको छ । भारतीय पक्षले गुणस्तर परीक्षण प्रक्रियामा कडाइ गरेपछि एक सातायता चिया निकासी प्रभावित भएको हो ।

भारतको चिया बोर्डले नेपालबाट निर्यात हुने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था लागू गरेपछि गत वैशाख १८ गतेदेखि करिब २१ दिनसम्म चिया निकासी अवरुद्ध भएको थियो । पछि भारतीय पक्षले प्रत्येक खेपको परीक्षण नगरी नमुनाका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात पुनः सुरु भएको थियो । तर अहिले भारतीय आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका प्रत्येक बोराबाट नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने र प्रतिवेदन नआएसम्म बिक्रीवितरण नगर्न निर्देशन दिइएपछि व्यवसायीहरू पुनः समस्यामा परेका छन् ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले सीमावर्ती भन्सार नाकामा समस्या नरहे पनि भारतभित्र प्रवेश गरिसकेपछि चिया रोकिएको बताउनुभयो । उहाँका अनुसार कोलकातास्थित आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका धेरै खेप परीक्षण प्रक्रियाका कारण रोकिएका छन् ।

“आयातकर्ताको गोदाममा पुगेपछि प्रत्येक बोराबाट नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाउने गरिएको छ । प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था भएपछि व्यवसायीहरूले नयाँ निकासी प्रक्रिया अघि बढाउन सकेका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल कोलकातामा करिब ५० हजार किलोग्राम नेपाली चिया रोकिएको छ । केही ट्रकको परीक्षण प्रतिवेदन प्राप्त भए पनि अधिकांश खेपको प्रतिवेदन आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै सम्बन्धित पोर्टलमा विस्तृत विवरण दर्ता गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । चिया आउने मिति, गोदामको स्थान, कन्टेनर विवरण तथा ‘प्रोफर्मा इनभ्वाइस’ पेस गरेपछि मात्र अस्थायी स्वीकृति पत्र प्राप्त हुने प्रावधानले पनि नेपाली निर्यातकर्तालाई थप झन्झट व्यहोर्नुपरेको थियो ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलोग्राम चिया उत्पादन हुन्छ । उत्पादनमध्ये अधिकांश अर्थोडक्स चिया निर्यात हुने गरेको छ । नेपाली चियाको निर्यातमध्ये ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर रहेकाले त्यहाँको नीतिगत परिवर्तनले नेपाली किसान, उद्योगी र निर्यात व्यवसायीलाई प्रत्यक्ष असर गर्ने गरेको छ ।

सम्बन्धित खबर